आठ वटा सवारी साधनबाट साँढेतीन लाख जरिवाना असुल

255 Shares

सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोलामा अवैध तरिकाले उत्खन्न भएको भन्दै एउटा स्काईभेटर सहित सात वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।हरिवन नगरपालिका ४ स्थित लखन्देही खोलामा अवैध तरिकाले स्काईभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खन्न भएको पाइएपछि प्रदेश ०३ ००१ ३२०७ नम्बरको स्काईभेटर सहित ना. १. क. ६२८५,बागमती प्रदेश ०३ ००१ क १२३५,बागमती प्रदेश ०३ ००१ क १२३७, बागमती प्रदेश ०३ ००१ क १२३१, बागमती प्रदेश ०३ ००१ क १२४६,बागमती प्रदेश ०३ ००१ क १२४७ र बागमती प्रदेश ०३ ००१ क १२३९ नम्बरको टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनकाअनुसार ईलाका प्रहरी कार्यालयउ हरिवनले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्दै जिल्ला समन्वय समिति सर्लाहीलाई पत्राचार गरेपछि जिल्ला समन्वय समिति सर्लाहीले प्रति टिपर रु ३० हजारकादरले कुल रुदुई लाख ८० हजार र एउटा स्काभेटरको रु ८० हजार गरी जम्मा रुतीन ालख ६० हजार जरिवाना गरेको छ ।
लखन्देही खोलामा स्कारभेटरको प्रयोग गरी नदीजन्य पदार्थ ग्राबेल,गिटी र बालुवा उत्खन्न गरी ओसारपसार गरी रहेको अवस्थामा नियन्त्रणमा लिएर सवारी साधनहरुलाई ईलाका प्रहरी काार्यलय हरिवनको नियन्त्रणमा राखेर आवश्यक कार्बाहीका लागि जिल्ला समन्वय समिति सर्लाहीलाई पत्राचार गरीएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक किशोर तामाङले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बोधार्थ लेखि उक्त सवारी साधनका चालक÷धनी त्यहाँ कार्यालयको सम्पर्कमा आएमा कानुन बमोजिम गरी सो को जानकारी गराउन भनिएको थियो ।सर्लाहीका विभिन्न खोलाहरुमा राष्ट्रिय गौरबको आयोजना पुर्व पश्चीम  राजमार्गको स्तरोउन्नती र पुर्व पश्चीम रेल मार्गको निर्माणको वाहनामा अवैध तरिकाबाट नदीजन्य पदार्थको खुलेआम दोहन भई रहेको छ।तर सरोकारवाला निकाय कानमा तोल हालेर बसेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार