बागमतीमा छैठौं पटक निःशुल्क आँखा शिविर पहिलो दिन २४० जनाको परीक्षण

311 Shares

सर्लाहीको बागमती नगरपालिकामा शुक्रबारबाट बृहत निःशुल्क आँखा परीक्षण शिविर सुरु भएको छ । बागमती नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर सुरु भएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पदम रायमाझीले जानकारी दिए।उनका अनुसार शुक्रबार बागमती नगरपालिका ९ स्थित जनजागृति प्रा।वि। लालबन्दी टोलमा दुई सय ४० जनाको आँखा परीक्षण गरिएकोमा ४३ जनामा मोतिया विन्दुको समस्या देखिएको छ।मोतिया बिन्दुका बिरामीहरुलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका ५, स्थित जनता मा।वि।सोल्टी बजारमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

be.jpg
शुक्रबारबाट सुरु भएको आँखा परीक्षण शिविर नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिने र फेला परेका मोतिया बिन्दुका बिरामीहरुको सोल्टीस्थित विद्यालयमा भेला पारेर माघ १२ गतेदेखि १४ गतेसम्म शल्यक्रियाको व्यवस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।बागमती नगरपालिकाले वर्षेनि नगरपालिकाका विभिन्न स्थानहरुमा विभिन्न समयमा निःशुल्क आँखा परीक्षण शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया कार्यक्रम गर्दै आएको कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।उनका अनुसार नगरपालिकालेयो सहित छैठौं पटक नगरपालिकाका विभिन्न स्थानहरुमा निःशुल्क आँखा शिविर सञ्चालन भएको हो।जनताको सेवकको रुपमा बागमती नगरपालिकाका जनप्रतिनिधिहरु रातदिन तल्लीन हुँदा कर्मचारीहरुको समेत भरपुर सहयोग रहेका कारण नागरिकहरुको समस्यामा प्रत्यक्ष उपस्थित भएर काम गर्ने र समस्या गर्न लागि परेका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार