Close This

पुर्व पश्चीम लोकमार्ग टालटुले काम

रासस    प्रकाशित: २०७७-४-२० गते   ३६४ पटक हेरिएको

सडक डिभिजन कार्यलय चन्द्रनिगाहापुर,रौतहटको चरम लापर्बाहीका कारण पुर्व पश्चीम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पुर्व पश्चीम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठुला ठुला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।
जब वर्षायाम सुरु हुन्छ अनी टालुटुलका काम सुरु हुने र पानी परेपछि सोही स्थानमा भत्कीने गरेका कारण थप समस्या सृजना भएको हो । जसका कारण सो सडक खण्डमा सवारी दुर्घटना हुनुको साथै सडक दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । भने सडक भत्केर खाल्डा भएका कारण धुलाम्मे हुँदा स्थानियबासी थप पीडित भएका छन । व्यास्त सडक खण्ड,बजार क्षेत्र र सवारीको चापका कारण स्थानियबासी पीडित बनेका हुन ।
सडकको बिच बिचमा ठुलाठुला खाल्डा हुँदा र वर्षायाममा पानी परेर ती खाल्डाहरुमा जम्दा साना सवारी चालकहरु पनि झन पीडित बनेका छन भने पैदलयात्रीहरु सवारी साधनले पानी छ्याप्ने गरेका कारण समस्यामा परेका छन । ट्राफिक प्रहरीको चेकिङ्ग पोइन्ट नजिक खाल्डा भएका कारण साना सवारी साधनलाई आवतजावत र सवारी चेकजाँचमा समस्या भएको  ट्राफिक प्रहरीले बताएका छन ।अत्याधिक व्यास्त सडक खण्डको मर्मत सम्भारमा कसैको ध्यान जान नसकेको भन्दै स्थानियबासीहरु आक्रोसित भएका छन । व्यास्त सडक खण्डमा ठुला ठुला खाल्डा पर्दापनि सडक डिभिजन कार्यलय चन्द्रनिगाहापुर,रौतहटका कार्यालय प्रमुख दरोगा प्रसाद साहको ध्यान जान नसकेको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बताउनु भयो । ‘यो विषयमा कार्यालय प्रमुख साहलाई आफुले पटक पटक जानकारी गराउँदा पनि साहले ध्यान नदिएका कारण सवारी दुर्घटना बढेको ’ अध्यक्ष पन्तको भनाई छ ।
जिल्लाका पुर्व पश्चीम लोकमार्गसंग जोडिएका स्थानिय निकायले सो बाटोको समस्याको विषयमा  सडक डिभिजन कार्यालयलाई पटक पटक जानकारी गराएको बताएका छन । तर पनि सडक डिभिजन कार्यालयका प्रमुख साहले वास्ता नगरेको जनप्रतनिधिहरुको भनाई छ । कार्यालय प्रमुख साहले सडकको व्यावस्थापनमा ध्यान दिनुको सट्टा ठाउँठाउमा टालटुल गरेको र पानी पर्नासाथ टालेको ठाउँ भत्कीने गरेको लालबन्दी नगरपालिकाका नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
यता डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुर,रौतहटले सो सडक खण्डमा भत्कीएका स्थानमा टालटुल गर्ने काम मात्र हुने बताएको छ । पुरै सडक बनाउन सम्भव नरहेका कारण भत्कीएका स्थानमा मात्र टाल्ने गरेको कार्यालयको भनाई छ । लक डाउनका कारण वर्ष लागेपनि काम गरि रहेको कार्यालयले जनाएको छ । भने कार्यालय प्रमुख साह रौतहटबासी नै भएका कारण पनि  कसैलाई नटेर्दा सडकको मर्मत सम्भारको काम नभएको स्थानियासीले आरोप लगाएका छन ।
टालटुल गरेको गुणस्तरहिन र आँखामा छारेहाल्ने  खाल्को मात्र काम भएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो । यता सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर,रौतहट माताहतको रौतहट र बारा अन्र्तगत पर्ने पुर्व पश्चीम लोकमार्गको ठाउँ ठाउँमा भत्केर खाल्डा बन्दा पनि कार्यालय प्रमुख साहले त्यतातिर ध्यान नदिएका स्थानिय खड्ग प्रसाद उप्रेतीको आरोप छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech