Close This

सर्लाहीमा तीन हजार भन्दा बढी शिक्षक दरबन्दी अपुग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१८ गते   ६८२ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीका चार सय ५१ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको संख्या अनुपातमा  विभिन्न तहमा पाँच हजार तीन सय १७ आवश्यक न्यूनतम् शिक्षक दरबन्दी हुनु पर्ने शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले बताए । उनका अनुसार हाल दुई हजार तीन सय ८८ मात्रै मौजुदा दरबन्दी रहेको र दुई हजार नौ सय ३९ थप दरबन्दी आवश्यक रहेको छ । 
२०५७ सालदेखि स्वीकृत शिक्षक दरबन्दी तथा २०६७ सालदेखि शिक्षक अनुदान कोटा(राहत) नथपिएका कारण पनि जिल्लामा ठुलो संख्यामा शिक्षकको दरबन्दी खाली देखिएको समन्वय ईकाईले जनाएको छ । जिल्लाभरीमा दुई सय ९७ प्राथमिक विद्यालय तहका सामुदायिक विद्यालय,५६ वटा आधारभूत तहका सामुदायिक विद्यालय र ९८ वटा माध्यमिक तहका सामुदायिक विद्यालय गरि जम्मा चार सय ५१ सामुदायिक विद्यालय रहेका छन् । यसैगरी दुई सय ५० प्राथमिक तहका संस्थागत विद्यालय,४१ वटा आधारभूत तहका संस्थागत विद्यालय र ४५ वटा  माध्यमिक तहका संस्थागत विद्यालय गरि जम्मा तीन सय ३७ संस्थागत विद्यालय रहेका शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ ।
समन्वय ईकाईका अनुसार ८६ वटा परम्परागत विद्यालय रहेका छन ।
 जिल्लाका सामुदायिक तथा संस्थागत द्यिालयहरुमा कुल दुई लाख ३४ हजार एक सय ६३ जना विद्यार्थीहरु अध्यायनरत रहेका समन्वय ईकाइको भनाई छ । चार सय ५१ सामुदायिक विद्यालय मध्ये एक सय २६ वटा विद्यालयहरुमा हालसम्म एउटा पनि वालविकास केन्द्र नरहेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक कुशवाहले बताए ।
उनका अनुसार दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालयमध्ये ३६ वटा विद्यालय, ५६ आधारभूत तहका सामुदायिक विद्यालयमध्ये ३० वटा र ९८ माध्यमिक तहका सामुदायिक विद्यालयमध्ये १९ वटा विद्यालयहरूमा तहगत दरबन्दी छैन् । भने जिल्लाका कुनै पनि स्थानीय तह साक्षर घोषणा भएका छैनन् । भने पौढ शिक्षाको अवस्था ४६ दशमलव १८ जसमा पुरुष ५५ दशमलव ७६,महिला ३६ दशमलव ६०  रहेको छ ।
त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८ जना,विद्यालय सहयोगी कर्मचारी ८६ जना, निजि स्रोतका शिक्षक एक सय आठ जना दरबन्दीमा कार्यरत रहेका शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक कुशवाह बताए । उनका अनुसार जिल्लामा रहेका चार सय ५१ सामुदायिक विद्यालयहरुमा पाँच हजार भन्दा बढि जनशक्ती कार्यरत रहेपनि सामुदायिक विद्यालयहरुको अवस्था दिनानु दिन खस्कँदो छ । 
जिल्लामा रहेका चार सय ५१ सामुदायिक विद्यालयहरुमा दुई हजार नौ सय ३९ थप दरबन्दी आवश्यक रहेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीको भनाई छ । रिक्त शिक्षक दरबन्दी पदपुर्ती नहुदा पनि सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक कुशवाहले बताए ।
शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयहरु मर्जगर्नु पर्ने शिक्षा विद्धहरुको सुझाव छ । २० वटा स्थानीय तहहरु रहेको सर्लाहीमा हरेक स्थानीय तहहरुमा १० वटा भन्दा बढि सामुदायिक विद्यालयहरू रहेका छन् । साुमदायिक विद्यालयहरुको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थीहरुको संख्या न्युन हुँदै गएको छ ।
केही विद्यालयहरुमा विद्यार्थी संख्या धेरै रहेको भएपनि शिक्षकको अभाव र अधिकांस विद्यालयहरूमा विद्यार्थीको संख्या धेरै रहेको छ । केही विद्यालयमा शिक्षक मात्र छन,केहीमा विद्यार्थी नै नहुनु सामुदायिक विद्यालयहरूको बेथिति हो । जिल्लाका केही विद्यालयहरुमा शिक्षक संख्या छ जना र विद्यार्थीहरुको संख्या १० जना मात्र रहेका छन् ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech