सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रीक समाजवादी पार्टीले जित निकालेको छ ।
२०७४ सालको स्थानिय निकायको निर्वाचनमा लोकतान्त्रीक समाजवादी पार्टीबाट जितेका नगर प्रमुख र उप प्रमुखले फेरी जित निकालेका हुन । गोडैता नगरपालिकाको नगर प्रमुखमा देवेन्द्र कुमार यादव र उप प्रमुखमा अन्जना कुशवाहाले दोस्रो कार्याकालका लागि जित निकालेका हुन ।
नगर प्रमुख यादवले ४ हजार ८ सय ६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ४ सय १० मत प्राप्त गरेका छन्। त्यस्तै उप प्रमुख पदकी उम्मेदवार कुशवाहाले ४ हजार ८ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै राम सखी देवीले ४ हजार १ सय २८ मत मात्र प्राप्त गरेकी छन् ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा पनि कुशवाहा नै नगर प्रमुख यादवका निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका थिए। भने यस पटक पनि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य रहेका कुशबाहले प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।