चन्द्रनगरमा कमिशनको सेटिंग मिलाउन करारका कर्मचारीलाई योजना शाखाको जिम्मा

596 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करार तथा अस्थायी सेवा सम्झौतामा कार्यरत कर्मचारीहरूलाई हटाउने सरकारी निर्णय कार्यान्वयन हुन सकेको छैन।गाउँपालिका अध्यक्ष राजकुमार महतो कै निर्देशनमा आफ्ना आसेपासेलाई करारमा नियुक्त गरिएका करारका कर्मचारीहरू अझै कार्यालयमा निरन्तर रूपमा काम गरिरहेका छन् ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो कै हस्ताक्षरमा कात्तिक ९ गते सूचना जारी गर्दै दरबन्दी बाहेकका करार तथा अस्थायी कर्मचारीको सम्झौता रद्द गरिएको घोषणा गरिएको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को असोज ६ गतेको निर्णयका साथै गाउँपालिकाले जारी गरेको सूचनाको लामो समयावधि भएको भएपनि उक्त निर्णय कार्यन्वयन हुन सकेको छैन । गाउँपालिकाले कात्तिक ९ गते जारी गरेको सूचना अनुसार,संघीय सरकारको निर्णयका आधारमा २०८२ कात्तिक  १६ गतेदेखि करार सम्झौता खारेज हुने भनिएको थियो।तर सूचना जारी भएको एक महिना पछि  पनि ती कर्मचारीहरूलाई हटाउन गाउँपालिकाले कुनै पहल नगरेको पाइएको छ।
 नेपाल सरकार मन्त्रीपरिषद्कले “स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने”प्रष्ट निर्देशन दिएको र त्यसको कार्यान्वयन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको र अर्थ मन्त्रालयको असोज ७ गतेको परिपत्र पनि सबै स्थानीय तहहरुमा पठाइएको भएपनि सो सम्बन्धमा गाउँपालिका मौन देखिएको छ ।
जन दबाबपछि सूचना,तर नतिजा शून्य
गत महिनाको अन्त्यतिर जेनजी युवाहरूले गाउँपालिका अध्यक्ष महत्तोसंग करार कर्मचारी हटाउने माग गर्दै निरन्तर दबाब सिर्जना गरेका थिए।उनीहरूका  जनचासोको कारण गाउँपालिकाले करार सम्झौता रद्द गर्ने सूचना निकाल्न बाध्य भएको भएपनि कार्यन्वयन गर्ने सम्बन्धमा गाउँपालिका मौन देखिएको छ ।
नजिकका आसेपासे जोगाउने प्रयास
गाउँपालिका अध्यक्ष महतो आफ्नो नजिकका केही आसेपासेहरुलाई जोगाउने प्रयास गरेका प्रष्ट छ ।अध्यक्ष महतोले कतिपएलाई स्थायी दरबन्दीमा गाभेका छन भने कति पएलाई गाभ्न सकेनन् । पच्चुलाल माझी,देनकुमार महतो,रामनाथ महतो,मेघनाथ महतो,कम्प्युटर अपरेटहरु चन्द्रनगर गाउँपालिका १ की रन्जु ठाकुर,चन्द्रनगर २ का पप्पु यादव,चन्द्रनगर ३ की मेनुका यादव,चन्द्रनगर ४ का अमन दास,चन्द्रनगर ५ की सपना ठाकुर, चन्द्रनगर ६ का श्याम साह र चन्द्रनगर गाउँपालिका ७ का रमेश महतो करारमा नियुक्त गरिएका दरबन्दी बाहेकका करारका कर्मचारीहरु हुन ।उनीहरु अझै कार्यलयमा उपस्थित भई हाजिर गरेर सक्रिय रुपमा काम गरिरहेको गाउँपालिकामा कार्यरत एक कर्मचारीले बताए ।
चन्द्रनगर गाउँपालिकामा डेण्टल अस्पताल नै नरहेको भएपनि गाउँपालिकामा डेन्टिष्ट पदमा शम्भु शरण  कुशवाहालाई नियुक्त गरिएको छ ।जहाँ डेण्टलको दरवन्दी नै छैन।तर दरबन्दी बाहेकका करारका कर्मचारी हटाउने सूचना जारी गरेपपछि गाउँपालिका अध्यक्ष महत्तोले उनलाई गाउँपालिकाकै एक अस्पतालमा कुशवाहाको दरबन्दी कायम गरिएको थियो।ती डेन्टिस्ट कुशवाहालाई गाउँपालिका अध्यक्ष महत्तोले आफ्नो निजी बडिगार्डको रूपमा काम गराई राखेका छन् ।
त्यस्तै,कृष्ण महतोलाई कार्यालय सहयोगीका रूपमा नियुक्त गरेर गाउँपालिका अध्यक्ष महत्तोले उनलाई आफ्नो निजी घरमा खाना पकाउने,लुगा धुनेजस्ता व्यक्तिगत काममा लगाउने गरेको स्रोतको दाबी छ ।यता,गाउँपालिका अध्यक्ष महतोले आफ्नै फुफुको छोरा देन कुमार महतोलाई शिक्षा शाखामा र देन कुमार महतोकी श्रीमती सजन महतोलाई एक विद्यालयमा नियुक्त गरिएको समेत रहस्य बाहिरिएको छ।स्रोतका अनुसार गाउँपालिका अध्यक्ष महतोले बहुक्षेत्रीय पोषण योजना  अन्तर्गत कार्यरत कर्मचारी सीता महतोको जागिर खोस्दै चन्द्रनगर गाउँपालिका १ किसनपुर निवासी राजकुमार महतोलाई समाजिक परिचालकमा नियुक्त गरेका थिए ।जो गाउँपालिका अध्यक्ष महत्तोका मित रहेका खुलेको छ ।
गाउँपालिका अध्यक्ष महत्तोले आफ्नो पदीय जिम्मेवारीलाई भुलेर मेघनाथ महतोलाई कम्प्युटर अपरेटर,सञ्जय महतोलाई सामी परियोजना र जोगेन्द्र ठाकुर तथा दिपेन्द्र महतोलाई  सवारी चालकमा करारमा नियुक्त गरेका छन् ।यी दुवै जना गाउँपालिका अध्यक्ष महत्तोका व्यक्तिगत सवारी चालक भए पनि उनीहरूको तलब,भत्ता र सेवा सुविधा चन्द्रनगर गाउँपालिकाबाट नै दिने गरिएको गाउँपालिका स्रोतको दाबी छ ।
यसका साथै गाउँपालिका अध्यक्ष महत्तोले पचुलाल माझीलाई अधिकृत छैठो र बिबेक दासलाई अमीन पदमा भर्ना गरेका छन्।यी पदहरुमा योग्य उम्मेदवार नछानी अध्यक्ष महतोले कार्यकर्ता भर्ती गरेको स्थानीयको आरोप छ।दरवन्दी भन्दा बाहिर करारमा नियुत्त गरिएकालाई शाखा प्रमुख दिन नमिल्ने कानुनी व्यवस्था भएपनी उनलाई कमिशन उठाउन योजना शाखा प्रमुख बनाइएको गाउँपालिकाका अर्का कर्मचारीले बताए । स्थायी दरवन्दीमा उत्त शाखा हेरी रहेका कृष्ण आचार्यलाई  गाउँपालिका अध्यक्ष महत्तोले अविश्वास नगरेर माझीलाई योजना शाखा प्रमुख बनाएका पाईएको छ।
जनताको करमा चल्ने कार्यालयमा प्रचलित प्रावधान भन्दा बाहिर गएर कर्मचारी करारमा भर्ना तथा करारका कर्मचारीलाई विभिन्न शाखाको जिम्मेवारी दिनु भ्रष्टाचारको पराकाष्ठ भएको जेनजी युवा उदय प्रकाश साहले बताए ।हालसम्म चन्द्रनगर गाउँपालिकाले दरबन्दी बाहेकका कर्मचारीहरूको पूर्ण सूची सार्वजनिक गर्नुपर्नु साथै सरकारी निर्णय तत्काल कार्यान्वयन गर्न साहले माग गरेका छन्।यसका साथै सरकारी सवारी साधनको चरम दुरुपयोग,गाउँपालिका भित्रको ऐलानी,प्रति जमिनमा गिद्धेनजर,सोहजन अभियान र बेटी सम्मेलनको नाममा समेत चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महत्तोले चरम भ्रष्टाचार गरेका स्थानीयको आरोप छ।

सम्बन्धित समाचार