Close This

सदरमुकाम बाहिर पहिलो पटक ईप्रका बरथवामा डीएसपीको कमाण्ड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१७ गते   ३०४ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय बरथवाको नेतृत्व सम्हालन  प्रहरी नायव उपरीक्षक उद्धय सिंह भाट बुधबार आउनु हुने भएको छ ।जिल्ला प्रहरी कार्यालय बाहिर रहेको ईलाका प्रहरी कार्यालयहरुमा पहिलो पटक प्रहरी नायव उपरिक्षकको नेतृत्व सम्हाल्न ईलाका प्रहरी कार्यालय बरथवामा डिएसपी भाट  बुधबार आउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी निरीक्षकको नेतृत्वमा रहँदै आएको ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुखमा अबदेखि डीएसपीलाई खटाईने भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता पहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनु भयो ।
जिल्ला सुरक्षा समितिले सर्लाहीले ईलाका प्रहरी कार्यालय बरहथवा र ईलाका प्रहरी कार्यालय हरिवनमा डीएसपीको दरबन्दी माग गर्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो । हाल दरबन्दी सृजना भई नसकेकाले तत्काललाई बरहथवामा काजमै भएपनि डीएसपी खटाईएको र निकट भविष्यमा दुवै ईलाका प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी सृजना गर्ने तयारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
बरथवा क्षेत्रमा अपराधीक गतिविधिहरु धेरै भई रहेकोले ईलाका प्रहरी कार्यालय बरहथवाले हेर्ने क्षेत्र संवेदनशिल रहेको हुँदा पहिलो चरणमा ईलाका प्रहरी कार्याल बरथवामा डिएसपी खटाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech