घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा ढुङ्गाना सर्वसम्मत चयन

235 Shares

कैलालीको घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन भएका छन्।आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।गत मंसिरमा स्थापना भएको घोडाघोडी सञ्चारकर्मी समूहको तदर्थ समितिको नेतृत्व समेत गरेका ढुङ्गाना अधिवेशन मार्फत निर्वाचित पहिलो कार्यसमितिको सर्वसहमत अध्यक्ष चयन भएका हुन्।विगत करिब १५ वर्षदेखि रेडियो कैलालीबाट पत्रकारिता सुरु गरेका ढुङ्गाना “निर्भीक पोष्ट”का प्रकाशक समेत हुन्।
कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी,सचिवमा वीरेन्द्र शाह,सह–सचिवमा ज्योति बोहरा र  कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत चयन भएका नव निर्वाचित अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार सुखडस्थित सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लि.को सभाहलमा आयोजित अधिवेशनको उद्घघाटन सत्रमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको प्रमुख अतिथ्यता तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायतको उपस्थित रहेको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका निर्वाचन समितिकी संयोजक चाँदनी आचार्यले बताईन् । शपथ ग्रहण पछि नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सञ्चारकर्मीहरूको साझा संस्थामार्फत पत्रकारहरू बीचको एकता,पेशागत क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका साझा मुद्दामा सहकार्य गर्दै संस्थालाई सक्रिय रूपमा अघि बढाइने बताए।उनले सबै सञ्चारकर्मीको हित र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर संस्थाले काम गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार