लालबन्दी– १२ बाट १२ किलो बढी गाँजासहित तीन जना पक्राउ

100 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१२ जियाजोरबाट प्रहरीले अन्दाजी १२ किलोग्राम लागु औषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका–१२ बाट शंकास्पद अवस्थामा रहेका हरिवन नगरपालिका–२ का अन्दाजी ४८ वर्षीय सानु न्याउके दमाई,उनकी श्रीमती अन्दाजी ३५ वर्षीया सविना परियार र लालबन्दी नगरपालिका–१४ का अन्दाजी ५६ वर्षीया ज्ञानमाया योञ्जनलाई अन्दाजी १२ किलो आठ सय २४ ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार प्रहरी टोलीले शंकालागि उनीहरूलाई चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाभित्र लुकाइछिपाई लालबन्दी तर्फ ल्याउँदै गरेको अवस्थामा तीन वटा पोकामा रहेको अन्दाजी १२ किलो आठ सय २४ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।
लागु औषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको प्रहरीले जनाएको छ।सर्लाहीको उत्तरी चुरे क्षेत्रका साथै सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा उत्पादन भएको लागु औषध गाँजा सर्लाहीका विभिन्न सडकहरुको प्रयोग गर्दै ओसार पसार तथा कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले सक्रियता देखाएपछि पछिल्लो समय धमाधम लागु औषध गाँजा ओसार पसारमा संग्लग्नहरु पक्राउ पर्न थालेका छन् ।

सम्बन्धित समाचार