जनज्योतीका सभापति सिंह सहित अर्का घिमिरे ठगी आरोपमा पक्राउ

371 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति समिर सिंह ठगी आरोपमा पक्राउ परेका छन् ।सभापति सिंहले अमेरिका पठाइदिने प्रलोभन देखाउँदै रु एक करोड २० लाख ठगी गरेको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सभापति सिंहले काभ्रेको बनेपा निवासी विशाल घिमिरेसँग मिलेर अमेरीकी विद्यार्थी भिसा प्रक्रिया सजिलो बनाइदिने नाममा ठगी धन्दा चलाएका थिए। उनले विद्यार्थीलाई बैंकमा पर्याप्त ब्यालेन्स देखाउनुपर्ने भन्दै ठूलो रकम असुली गरेको प्रहरीले जनाएको छ ।विद्यार्थीको आवाज बन्नुपर्ने पदमा रहेका सभापति सिंह नै विद्यार्थीलाई ठग्ने कार्यमा संग्लग्न रहेपछि विद्यार्थी स्तब्ध बनेका छन्।
पक्राउ परेका सभापति सिंह र अर्का घिमिरेलाई काठमाडौंस्थित प्रहरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।नेकपा(एमाले)निकट अनेरास्ववियुको तर्फबाट जनज्योती बहुमुखी क्याम्पसको सभापति बनेका लालबनदी नगरपालिका १ का सिंह त्यस अघि नेपाली कांग्रेस निकट नेवि संघमा आवद्ध थिए । 

सम्बन्धित समाचार