सर्लाहीका २ सय मध्य ३७ वडाको मतगणना सम्पन्न,१५ वडामा काँग्रेस र ९ वडामा माओवादी केन्द्रको जित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१ गते   २६०२ पटक हेरिएको


सर्लाहीका २० स्थानिय निकायका २ सय वटा वडाहरु मध्य आइतबार साँझसम्म ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  सार्वजनिक नतिजामध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको ३ र ४, हरिवन नगरपालिकाको १, २ र ४, हरिपूर्वा नगरपालिकाको १ र ४, धनकौल गाउँपालिकाको १ र २ मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, पर्सा गाउँपालिका १, ब्रह्मपुरी गाउँपालिका ६, मलङ्गवा नगरपालिका १, बलरा नगरपालिका १, चन्द्रनगर गाउँपालिका १ र रामनगर गाउँपालिका ६ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरु निर्वाचित भएका छन्। जिल्लाका ९ वटा वडामा जित हासिल गर्दै नेकपा(माओवादी केन्द्र) दोस्रो स्थानमा  रहेको छ। 
माओवादी केन्द्रले बागमती नगरपालिका १ र २, बलरा नगरपालिका १० र ११, चक्रघट्टा गाउँपालिका १, रामनगर गाउँपालिका १, हरिपुर नगरपालिका १,लालबन्दी नगरपालिका २ र गोडैता नगरपालिका १ मा विजय प्राप्त गरेको छ।  

त्यसैगरी, सर्लाहीमा नेकपा एमालेले  ५ वटा वडामा जित निकालेर तेस्रो स्थानमा छ। उसले हरिवन नगरपालिका ३, हरिपुर नगरपालिका २, ईश्वरपुर नगरपालिका १, मलङ्गवा नगरपालिका २ र धनकौल गाउँपालिका ३ मा जित निकालेको हो । 
नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी(जसपा)ले समान ३ ३ वटा वडामा जित निकालेको छ । एकीकृत समाजवादीले हरिपुर नगरपालिका ८ र ९ तथा पर्सा गाउँपालिका २ र जसपाले हरिपूर्वा नगरपालिका ३, विष्णु गाउँपालिका ८ र बसबरिया गाउँपालिका १ मा जित निकालेको हो।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने गोडैता नगरपालिका १२ र विष्णु गाउँपालिका १ मा गरेर २ वटा वडामा जित निकालेको छ । देशभरमै सबैभन्दा बढी २० स्थानीय निकाय रहेको सर्लाहीमा १९ वटा पालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनु भयो ।
बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन। बरहथवा नगरपालिका १७ मा विवाद भएका कारण निर्वाचन आयोगले सो मा जेठ ३ गते पुनः मतदान गर्ने जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech