सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट स्थापना गरेको छ ।हरिहरपुरगढी गाउँपालिका कार्यालय परिसरको जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट स्थापना गरिएको गाउँपालिका अध्यक्ष बज्रध्यव वाईवाले जानकारी दिए ।उनका अनुसार सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन प्रयोगशाला हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्वयमा मकैको बीउ उत्पादन प्लट स्थापना गरेकोे हो।
गाउंपालिकाको करिब २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन गरेर गाउँपालिकाले आफ्ना कृषकलाई उपलब्ध गराउने योजना बनाएपछि बीउ बिजन प्रयोगशाला हेटौंडाले हरिहरपुरगढीका कृषकलाई रामपुर हाइब्रिड–१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनीसँगै हाइब्रिड मकैको बारेमा जानकारी गराएको गाउँपालिका अध्यक्ष वाईवाले बताए ।
बीउ उत्पादन गर्न राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरको प्राविधिक सहयोग गर्ने साथै बीउ बिजन प्रयोगशाला हेटौंडाले बागमती प्रदेशको हरिहरपुरगढीमा मकै उत्पादन प्लट सुरु गरेको बीउ बिजन प्रयोगशाला हेटौंडाका बाली बिकास अधिकृत एवम सूचना अधिकारी सिर्मला योन्जनले जानकारी दिईन्।उनका अनुसार स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठुलो धनराशी जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा प्लट राखिएको बताईन् ।गाउँमै हाइब्रिड मकैको बीउ उत्पादनले स्थानीय रुपमा कृषिमा रोजगारीको अवसर सिर्जना गर्न टेवा पु¥याउने र नेपालको कृषिलाई आत्मनिर्भर र व्यवसायिकरण गर्न सहयोग पुग्ने राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख तीर्थराज रिजालले बताए।उनले कृषक माझ हाइब्रीड मकै लोकप्रिय बनेको बताए ।