गोदावरीको विकास देख्न नसक्नेहरुले भ्रम फैलाएका छन् : नगर प्रमुख महर्जन

210 Shares

ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन समेत जोडिएको मुद्दामा विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा मुद्धा दायर गरेपछि विशेष अदालतले नगर प्रमुख महर्जन सहितका मानिसहरुलाई सफाई दिएको थियो ।त्यसका विरुद्ध अख्तियार पुन सर्वाेच्च अदालत गएपछि अनावश्यक भ्रम फैलिन नदिन स्पष्ट र संयमित प्रतिक्रिया दिँदै विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराउनु अनाथा नभएको नगर प्रमुख महर्जनले प्रतिक्रिया दिएका छन् ।
गराएका हुन ।न्यायिक प्रक्रियामा विश्वास गर्ने लोकतान्त्रिक राज्य व्यवस्थामा चित्त नबुझेको पक्षले माथिल्लो अदालतको ढोका ढक्ढक्याउनु अस्वाभाविक नभएपनि आफुहरुलाई विशेष अदालतले सफाइ दिई सकेकाले त्यस फैसलाप्रति चित्त नबुझेको पक्षले उपल्लो अदालतमा जाने अधिकार संविधानले सबैलाई दिएको नगर प्रमुख महर्जनले बताए ।
“अदालतले आवश्यक ठानेमा हामी जहिल्यै उपस्थित हुन तयार छौँ । हामी न्यायिक प्रक्रियामा पूर्ण विश्वास गर्छौँ ।”नगर प्रमुख महर्जनले बताए ।नगर प्रमुख महर्जनले मुद्दाको मूल विषय नै गलत ढंगले व्याख्या गरिएको दाबी गर्दै गोदावरी नगरपालिकाले लगाएको कर“निकासी कर”भएको र त्यसलाई“उत्खनन”का रूपमा अथ्र्याइनु नितान्त भ्रामक भएको उनको भनाइ छ।यही भ्रमकै कारण विकास निर्माणसँग जोडिएको विषयलाई अनावश्यक विवादमा तानिएको उनको भनाइ छ ।नगर प्रमुख महर्जनले नगरबासीलाई ढुक्क रहन आग्रह गर्दै “हामीले विशेष अदालतबाट सफाइ पाएका छौँ,भोलि पनि सर्वोच्च अदालतबाट फैसला हाम्रो पक्षमै आउनेमा विश्वस्त छौँ।”बताए ।
गोदावरी नगरपालिकाले हालसम्म गरेका विकास निर्माण,पूर्वाधार विस्तार, जनहितका कार्यक्रम र पारदर्शी कार्यशैलीले केहीलाई असहज बनाएको उनले बताए ।त्यसै कारण सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत लक्षित र संगठित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उनको संकेत छ ।“कानुन,विधि र पारदर्शिताको बाटोमै नगरपालिका अघि बढिरहेको छ।अन्तिम फैसला अदालतबाट आउनेछ,र त्यसलाई हामी सबैले सम्मान गर्नेछौँ,।”नगर प्रमुख महर्जनले बताए ।
गोदावरी नगरपालिकाका धेरै नगरबासीका लागि यो विषय कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र नगरको विकास यात्रासँग जोडिएको प्रश्न हो । त्यसैले पनि नगरप्रमुख महर्जनले संयम, धैर्य र विश्वासका साथ न्यायिक प्रक्रियालाई हेर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार