प्रेस मञ्च नेपाल सर्लाहीको तेस्रो जिल्ला अधिबेसन सम्पन्न

1k Shares

गणेश खड्का
जनता समाजवादी पार्टी निकट पत्रकार संगठन  प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिबेसन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिबेसन सम्पन्न भएको हो ।
प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिबेसनका प्रमुख अतिथि जनता समाजवादी पार्टी मधेश प्रदेशका उपाध्यक्ष रामपृत पासवानले राज्यबाट पछाडि पारिएका समुदायको पहिचान र सशक्तीकरणका साथै संघियताको मुद्दालाई संस्थागत गर्न पत्रकारहरूले निष्पक्ष भएर कलम चलाउनु पर्ने बताए । उनले राज्यको चौथो  अगं संचार जगत बलियो नभएसम्म लोकतन्तन्त्र संस्थागत हुन नसक्ने बताउदै संचार जगतलाई बलियो बनाउन सरकारले ठोस नीति ल्याउनु पर्नेमा जोड दिए । 
त्यस्तै जनता समाजवादी पार्र्टी सर्लाहीका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जिल्लाका रहेका पत्रकारहरूसँग विभेद बिरूद्धको लडाईमा सहकार्य गर्न आफुहरू तयार रहेको बताउदै पत्रकारहरूको वृति विकासमा आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसै गरि प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष मनोज यादवले प्रेस मञ्च नेपालको स्थापना नै पहिचान र संघियताको मुद्दालाई मजबुत पार्नका लागि भएको बताए । उनले आउने दिनमा समेत पहिचान र संघियतालाई संस्थागत गर्न मिसनकै रूप अगाडि बढने बताए ।
सर्लाहीमा नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पार्टीगत रगुटगत भएको प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब)ले बताए । उनले नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई प्रेस युनियनले आफ्नो विर्ता बनाएको बताउँदै त्यो विर्ता धेरै दिन टिक्क नदिने बताए । उनले राजनैतिक अस्थाको आधारमा उनिहरुको सिण्डीकेटमा आफु नजान खोज्दा  विभिन्न प्रपञ्चहरु रचिएका समेत बताए । प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष एस.पी.गौरबले आफुने नेपाल पत्रकार महासंघ सर्लाही शाखाबाट वितरण गरिएको सदस्यता निश्पक्ष नभएको र प्रेस युनियनको सदस्य हुने गैर पत्रकारहरुलाई पनि महासंघको सदस्यता दिनपर्छ भन्ने भ्रम हटाउनुस भन्दा विभिन्न प्रपञ्च रचेर फसाउन खाजिएको बताए । यता,नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले महासंघ सर्लाही शाखाले सदस्यता छानविन गर्ने तयारी गरेको बताए । तर उनले सदस्यता छानविन कति पार्दशी हुन्छ भन्नेमा आफु पनि शशंकित रहेको बताए ।
प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अनवर अहमद ,उपाध्यक्षमा रेखा यादव,सचिवमा कृष्णा सिहं तथा  कोषाध्यक्षमा सदाम हुसैन सहित नौ सदस्यीय कार्य समिति चयन गरेको छ । प्रेस मञ्च सर्लाहीका अध्यक्ष अनवर अहमदको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका उपाध्यक्ष पासवानको प्रमुख आतिथ्यमा भएको तेस्रो जिल्ला अधिवेशनमा प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष यादव लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार