सर्लाहीका ८ प्रदेश सभा मध्य ५ वटामा प्रदेश सभा सदस्यहरु विजयी,३ प्रदेश सभाकाे मतगणना जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-७ गते   १०९ पटक हेरिएको

सर्लाहीकाे क्षेत्र नम्बर ४ प्रदेश सभा(२) मा  नेकपा (माओवादी केन्द्र)का फकिरा महताे विजयी हुनु भएको छ ।
महताेले ८ हजार ३३ तुमत ल्याउनु भएको छभने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ´बागी` उम्मेद्वार अनिता देवीले ७ हजार ६ सय ७६ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीले जनाएको छ । याे सहित जिल्लामा ५ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 
यसअघि जिल्लाकाे क्षेत्र नम्बर १  प्रदेश सभा (१) प्रदेश सभा (२) जिल्लाकाे क्षेत्र नम्बर ३ प्रदेश सभा (२) जिल्लाकाे क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा क्रमस  नेकपा (एकीकृत समाजवादी) पार्टीकी बेची लुंगेली, लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का उपेन्द्र महताे,जनता समाजवादी पार्टी(जसपा)का संजय कुमार यादव र नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी भईसक्नु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 
बाकी रहेका सर्लाहीका ३ वटा प्रदेश सभाकाे मतगणना जारी रहेकाे निरणवाचन अधिकृतकाे कार्यालयकाे भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech