सर्लाहीको लालबन्दी नगरपालिका–११ मा सञ्चालन गरिएको निःशुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट चार सय ३१ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।लालबन्दी नगरपालिका–११ को स्वीकृत कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र,हिरापुरको आयोजनामा तीन दिन सम्म चलेको शिविरमा चार सय ३१ जनाले सेवा लिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र,हिरापुरका प्रमुख राजकुमार सिंहले जानकारी दिए।उनका अनुसार असार ८ देखि १० गतेसम्म लालबन्दी नगरपालिका–११ का विभिन्न टोलमा सञ्चालन भएको शिविरमा तीन सय दुई जना महिला र एक सय २९ जना पुरुष गरी कुल चार सय ३१ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको छन् ।

लालबन्दी नगरपालिका–११ को जिम्बा टोल सेतिभिर,नयाँ टोल र मण्डल टोलमा निःशुल्क शिविर सञ्चालन भएको थियो।शिविरमा ३८ जनाको क्षयरोग पहिचानका लागि खकार परीक्षणको नमुना संकलन गरिएको साथै एक सय ८३ जनाको मधुमेह परीक्षण,४२ जनाको मलेरिया परीक्षण तथा १४ जनाको गर्भ परीक्षण र एचआईभी परीक्षण गरिएको प्रमुख सिंहले बताए ।

वडाका गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शिःशुल्क घुम्ती शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक,महिला,बालबालिका तथा स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका स्थानीयवासी लाभान्वित भएका लालबन्दी नगरपालिका–११ का वडा अध्यक्ष दिपक लामाले बताए।उनका अनुसार स्थानीयस्तरमा स्वास्थ्य परीक्षण,रोगको प्रारम्भिक पहिचान तथा आवश्यक परामर्श उपलब्ध गराइएकाले नागरिकलाई समय र खर्च दुवै बचत भएको छ ।

शिविरको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानी तथा नर्सिङ शाखाकी तुलशा पोखरेल लगायतले अनुगमन गरेका थिए।अनुगमनका क्रममा उनीहरूले सेवाको प्रभावकारिता,स्वास्थ्य परीक्षणको अवस्था तथा स्थानीय सहभागिताबारे जानकारी लिँदै आवश्यक सुझाव दिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र,हिरापुरले जनाएको छ ।

केन्द्रका अनुसार गाउँ घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ।स्वास्थ्य सेवा पहुँच विस्तार तथा रोगको प्रारम्भिक पहिचानमा यस्ता घुम्ती शिविर प्रभावकारी हुने विश्वास गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मिकरानीले बताए ।