Close This

घ्याङ्लेख गाउँपालिकाद्धारा आ.व. २०७७÷०७८ को विपद व्यवस्थापन कोषको वार्षिक प्रतिवेदन सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१७ गते   ६५ पटक हेरिएको

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को विपद व्यवस्थापन कोषको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । घ्याङ्लेख गाउँपालिकाले आय तर्फ आर्थिक वर्षमा रु ६० लाख १४ हजार ९ सय ३३ रुपैयाँ ५९ पैसा र व्यय तर्फ रु ५५ लाख १० हजार ५ सय २१ रुपैया २० पैसा बराबरको प्रतिवेदन सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा आय तर्फ प्रदेश सरकारबाट कोभिड अस्पतालको लागि रु १० लाख, रकम स्थानान्तरण अन्तर्गत रु ३० लाख र अघिल्लो आर्थिक वर्षको मौज्दात रहेको रकम रु २ लाख १४ हजार ९ सय ३३ रुपैयाँ ५९ पैसा गरि जम्मा रु ६० लाख १४ हजार ९ सय ३३ रुपैयाँ ५९ पैसा आम्दानी गरेको जनाएको छ ।
यस्तै व्यय तर्फ जिल्ला आईसोलेसन भवन निर्माणका लागि रु ५ लाख, घर तथा गोठ आगलागिका लागि रु १ लाख ७९ हजार, क्वारेन्टाईन खाना र खाजा तर्फ जिल्ला गाउँपालिका तर्फ १ लाख ४१ हजार ७ सय ८७, क्वारेन्टाईन र अस्थायी अस्पताल विद्युत जडानका लागि रु ४९ हजार ६ सय ३५, लोक कल्याणकारी सन्देश प्रशारण तथा प्रकाशनका लागि रु १७ हजार ५ सय, क्वारेन्टाईन निर्माणको लागि रु ९ हजार ६ सय, अस्थायी अस्पताल कर्मचारी तलवका लागि रु ४ लाख ३५ हजार ९ सय २७, स्वास्थ्यकर्मी दैनिक भ्रमणका लागि रु ६२ हजार २ सय, वेवारिसे शव ढुवानीका लागि रु ३० हजार, विपद् पुर्व तयारी सामग्री खरिदका लागि ईलाका प्रहरी कार्यालय बस्तिपुरलाई रु ३ लाख ४१ हजार ८ सय २५ खर्च भएको गाउँपालिकाको लेखा शाखाले कमलामाई मिडिया प्रालिलाई जनाएको छ ।
यस्तै, सर्जिकल सामान फर्निचर तथा कोभिडको औषधी खरिदका लागि रु ७ लाख १३ हजार ५ सय ६, उपचार तथा आर्थिक सहायताका लािग रु २५ हजार, औषधि खोप तथा संक्रमित व्यक्ति ढुवानीका लागि रु ३ लाख ५१ हजार ६ सय ८०, सुत्केरीहरुको गाडी भाडाका लागि रु ८ हजार, एकद्धार संकट व्यवस्थापन केन्द्रलाई सहयोग रु ६६ हजार, कोरोना पोजेटिभहरुलाई राहत वितरणका लागि रु २ लाख १२ हजार ५ सय, अस्थायी अस्पताल छानो व्यवस्थापनका लागि रु १२ हजार ७ सय ७०, अतिरिक्त हल्का सवारी चालकहरुको पारिश्रमिकका लागि रु १ लाख ७ हजार ७ सय ९८, निशुल्क एम्बुलेन्स सेवा संचालन मर्मत खर्च रु २७ हजार ६ सय ६२, निशुल्क एम्बुलेन्स सेवा संचालन ईन्धन खर्च रु ८६ हजार ३१, गरिव घर परिवारलाई राहत वितरण रु १९ लाख ९७ हजार १ सय र राहत सामाग्री ढुवानी रु १ लाख ३५ हजार गरि जम्मा रु ५५ लाख १० हजार ५ सय २१ रुपैया २० पैसा खर्च भएको विवरण गाउँपालिकाले सार्वजनिक गरेको हो । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech