“जेन जी” आन्दोलनमा सिन्धुलीका तीन युवाको ज्यान गयो,अरु तीन जना घाईते

361 Shares

भदौ २३ र २४ गते देश्व्यापी रुपमा चलेको “जेन जी”पुस्ताको आन्दोलनका क्रममा सिन्धुलीका एक प्रहरी कर्मचारी सहित तीन जनाले ज्यान गुमाए भने अरु तीन जना घाईते भएका छन्। वर्तमान अवस्था र भ्रष्टाचार विरुद्ध “जेन जी”पुस्ताले भदौ २३ गते संघीय राजधानी काठमाण्डौँमा र भदौ २४ गते देशभरी आन्दोनलन चर्काउँदा सिन्धुलीका तीन जना सहित देशभरका ७४ जनाले ज्यान गुमाएका प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार संघीय राजधानी काठमाण्डौँको बानेश्वरमा भदौ २३ गते भएको आन्दोलनका क्रममा  सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का रोशन न्यौपाने,तीनपाटन गाउँपालिका ६ का दिपेश सुनुवार र दुधौली नगरपालिका ८ घर भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन रायको ज्यान गएको हो ।
तीनपाटन ६ का सुनुवार भदौ २३ गतेको आन्दोलनको क्रममा बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको खुलेको पीडित परिवारको भनाई छ।भने दुधौली नगरपालिका ८ घर भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रायको आन्दोलन कै क्रममा आन्दोलनकारीहरुको कुटपिटबाट मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आन्दोलनकारीहरुले प्रहरी सहायक निरीक्षक रायलाई काठमाण्डौँका प्रहरी नायव उपरीक्षक भन्दै कुटपिट गरेका थिए ।प्रहरी वृत्त महाराजगन्जमा आगजनीपछि आन्दोलनकारीहरुले प्रहरी सहायक निरीक्षक रायलाई कुटपिट गर्दा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक रायको ज्यान गएको हो ।
त्यसैगरी,“जेन जी”पुस्ताले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा सिन्धुली कै गोलन्जोर  गाउँपालिका १ का तिलक मगर,गोलन्जोर गाउँपालिका ३ का नविन तामाङ र अर्काे मदन कार्की घाईते भएका स्रोतको दाबी छ ।करिब २७ घण्टा चलेको “जेन जी”पुस्ताको आन्दोलनका कारण तत्कालीन नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार घुँडा टेक्न बाध्य भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिए।त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गरे।पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको अध्यक्षतामा गठन भएको अन्तरिम सरकारले वर्तमान प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने जिम्मेवारी पाएको छ ।भने अहिले धमाधम मन्त्रीमण्डल विस्ता गरि रहेको छ।तर“जेन जी”पुस्ताले उठाएका मागहरु ओझोलेमा परेका “जेन जी”पुस्ताको गुनासो छ ।

सम्बन्धित समाचार