पुस १२ गते मलंगवामा नेकपाको ऐतहासिक एकता भेला

209 Shares

विभिन्न १६ वटा कम्युनिष्ट घटकहरु  मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पुस १२ गते सर्लाही सदरमुकाम मलंगवामा एकता भेला गर्ने भएको छ।त्यसका लागि अहिले सर्लाहीका प्रत्येक निर्वाचन क्षेत्र तथा २० वटै पालिकाहरुमा तयारी बैठकहरु भइरहेका नेपाली कम्युनिष्ट पार्टीका नेता ताराराज पन्त(अर्जुन)ले जानकारी दिए ।
उनका अनुसार सर्लाही सदरमुकाम मलंगवामा एकता भेलालाई पूर्णता दिने तयारी बैठक बसेर पुस १२ गते सर्लाही सदरमुकाम मलंगवामा एकता भेला गर्ने घोषणा गरिएको हो।देशभरमा विभिन्न १६ वटा कम्युनिष्ट घटकहरु  मिलेका भएपनि सर्लाहीमा सात वटा घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पुस १२ गते ऐतहासिक एकता भेला गर्ने भएको  नेपाली कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र लामाले बताए ।
भेलालाई पार्टीका केन्द्रीय संयोजक एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), सह संयोजक एवम निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेता  एवम निवर्तमान गृहमन्त्री नारायण काजी श्रेष्ठलगायतले सम्वोधन गर्ने नेपाली कम्युनिष्ट पार्टी सलाह्ृीले जनाएको छ।विभिन्न १६ वटा कम्युनिष्ट घटकहरु  मिलेर बनेको बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले देशभर एकता भेला गर्दै फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवार चयन गर्ने चटारो पनि बढेको नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बताए ।

सम्बन्धित समाचार