सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्र रहेका २० वर्ष पूरा गरेका अबिबाहित युवतीहरुलाई सम्मान कार्यक्रम सुरु गरेको छ ।
सोमबारबाट २० वर्षसम्म बिबाह नगरी बसेका नगरभित्रका सबै युवतीहरुलाई नगद सहित सम्मान गर्ने काम सुरु गरेको हरिपुर नगरपालिकाकी उप प्रमुख रेणुकादेवी काफ्लेले जानकारी दिनु भयो ।
उहाँका अनुसार आफ्नो नगर क्षेत्रभित्र रहेको २ सय ८० जना २० वर्ष पुरा गरेर पनि अबिबाहीत रहेका युवतीहरुलाई नगद रु ५ हजार सहित सम्मान गर्ने काम सुरु गरिएको छ । बाल विवाह रोक्ने र छोरीलाई पनि शिक्षामा जोडदिने उद्देश्यसहित अबिबाहित युवतीलाई नगद पुरस्कार सहित सम्मान गर्ने अभियानको सुरु गरिएको हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुदिन मन्सुरले बताउनु भयो ।
२० वर्षसम्म बिबाह नगरी बसेका नगरभित्रका सबै युवतीहरुलाई रु ५ हजार नगदसहित सम्मान कार्यक्रम सूरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मन्सुरका अनुसार २० वर्ष नपुगेका बालिका एवम किशोरी सानो उमेरमै बिबाह गर्ने प्रचलनलाई रोक्नका लागि नगरपालिकाले यस्तो अभियान चलाएको हो । सानै उमेरमा बिबाह हुँदा धेरैजसो बैबाहिक सम्बन्ध दिगो नहुने भएकाले बालबिबाह लगायत सामाजिक विकृति रोक्नका लागि आफूहरुले २० वर्षसम्म अबिबाहित रहेका युवतीलाई सम्मान अभियान सूरु गरेको नगर प्रमुख मन्सुरले बताउनु भयो ।
नगरपालिकाले अहिले सम्म २ सय ६७ जनालाई सम्मान गरि सकेको र र १२÷१५ जनाको निवेदन कायाृलयमा छलफलको क्रममा रहेको नगरपालिकाको महिला तथा बालबालीका शाखा प्रमुख अनिता भट्टराईले बताउनु भयो । उहाँका अनुसार ० वर्षसम्म अबिबाहित रहेका युवतीहरुले नगरपालिकामा निवेदन दिने र नगरकार्य पालिकाले निर्णय गरेपछि उहाँहरुले पाउनु पर्ने रकम पाउने छन् ।
प्रचलित कानून अनुसार २० वर्ष नपुगेसम्म युवतीले बिबाह गर्नु बाल अधिकार दुरुपयोग गरेको भन्दै गैर कानुनी ठहरीन्छ । १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश( ८ मार्च) को अवसर पारेर सो अभियानको थालनी गरिएको हो । पहिलो दिन २० जनालाई नगद रु ५ हजार सहित सम्मान गरिएको थियो । अहिले सम्मामा २ सय ६७ जनालाई सम्मान गरि सकिएको नगर उप प्रमुख काफ्लेले बताउनु भयो ।