Close This

२ वर्ष वित्दा पनि शव वाहन खरिद भएन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   ३६६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले भ्रमणका लागि छुट्याईएको रकमबाट शव वाहन खरिद गर्ने उद्घोष गरेको २ वर्ष पुग्न लागेको छ ।
जनप्रतिनिधिहरुका लागि भ्रमण गर्न छुट्याइएको ५ लाख र नगरपालिकाको आन्तरीक स्रोतबाट ५ लाख गरि १० लाखमा शव वाहन खरिद गर्ने नगरपालिकाले निर्णय गरेको नगर कार्यपालिका सदस्य मोहनहरी भण्डारीले बताउनु भयो । नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा जनप्रतिनिधिहरुका लागि भ्रमण खर्च वापतको सो रकम शव वाहन खरिदका लागि  छुट्याएको थियो । नेपालको सबैभन्दा धेरै स्थानिय निकाय निकाय रहेको जिल्लामा  कुनै पनि स्थानिय निकायमा शव वाहन सवारी साधन नभएको भन्दै नगरपालिकाले जनप्रतिनिधिहरुको भ्रमण खर्चबाट शव वाहन खरिद गर्ने प्रशंसनिय निर्याण गरेको भएपनि २ वर्ष हुँदा समेत एक अर्कालाई आरोप लगाउँदै शव वाहन खरिदको काम हुन सकेको छैन ।
वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मोहनहरी भण्डारीले कार्यपालिकामा शव वाहनको प्रस्ताप गरेपछि सबैले सो प्रस्ताव पास गरेका थिए । शव वाहन खरिद गरि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई हस्तान्तरण गर्ने सहमती भएको भएपनि तत्कालीन प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त न्यौपानेको लापर्बाहीका कारण हाल सम्म पनि शव वाहन खरिद हुन नसकेको वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो । आफुहरुले नगरकार्यापालिकाको बैठकमा पटक पटक शब बाहनको विषयमा कुरा उठाएको भएपनि अरु कार्यापालिका सदस्यहरुले वेवास्था गरेका कारण अहिले सम्मपनि शब बाहन खरिद नभएको श्रेष्ठले बताउनु भयो । 
कर्माचारीहरु तथा जनप्रतिनिधिहरुको बीचमा तालमेल नमिलेका कारण सो समस्या आएको जनप्रतिनिधिहरुले बताएका छन । भने आन्तरीक प्रक्रिया नपुगेको कारण शब बाहन खदिर हुन नसकेको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । आफुहरु प्रक्रिया पुर्याउने काममा लागि रहेको नगर प्रमुख खड्काले बताउनु भयो । आ.व.२०७४÷०७५ मा छुट्याईएको रु ५ लाख रकम अहिले पनि सुरक्षित रहेको र प्रक्रिया पुरा गरेर नपुगेको रकम थपेर नगरपालिकाले शब बाहन खरिद गर्ने खड्काले बताउनु भयो । 
जिल्लाका कुनै पनि स्थानिय निकायमा शव वाहन नहुनु र लालबन्दी नगरपालिकाले शव वाहन खरिद गर्ने निर्णय गर्दा नगरवासी र आसपासका स्थानिय निकायका नागरिकहरुले केही सहज महसुस गरेको भएपनि २ वर्षमा पनि शव वाहन खरिद नहुँदा आफुहरु निरास भएको स्थानियबासीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech