जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी महिला संघ सर्लाहीको चन्द्रीका सिंह दनुवारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।मलंगवामा भएको भेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष एवम पूर्व सांसद अशोक यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा संगठनलाई अझ सशक्त बनाउन महिला सशक्तीकरण,सामाजिक न्याय तथा संगठनको भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक रहेको चर्चा गरिएको जिल्ला सह–सचिव बिनोद जयसवालले जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतमा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य बम बहादुर लामा,पूर्व सांसद सञ्चमया मोक्तान,जिल्ला उपाध्यक्षद्धय रमन मिश्र र अजय यादव लगायत जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला कोषाध्यक्ष संगीता देवी यादवले बताइन् ।