सीमा क्षेत्रमा हुने भन्सार छली तथा लुकाई छिपाई ओसार पसार हुने सामानहरुको कमिसन असुल्ने सर्लाहीको प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई हरेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले संंरक्षण दिएका रहस्य बाहिरिएको छ ।
२०८२ भदौ १ गते आईतबार साँझ करिब ६ बजे मलंगवा नगपालिका २ का राम कैलाश राय यादवका ज्वाई सरोज यादवले भारतको सोनवर्षको मोवाईल पसलबाट आफ्नी सालीको विवाहका लागि रु दुई लाख लिएर मलंगवा नगरपालिका १ स्थित भेडैया नाकाबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहले नियन्त्रणमा लिएर कुशुम पार्टी प्यालेस नजिकै ल्याई कसैलाई भनिस भने जेलमा सडाउँछु भन्दै धम्की लगाई रु दुई लाख रकम नियन्त्रणमा लिए।त्यसपछि यादव डरले ससुराली पुगेर आफ्ना ससुरालाई सो कुरा बताएपछि प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहसंग अनुरोध गरेपछि रु एक लाख ३० हजार फिर्ता गरी रु ७० हजार नदिएपछि पीडितले हामीसंग कुरा गर्दै सो कुरा बताएको भिडियो समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईलाई पठाउँदा उनले छानविन सुरु गर्नुको सट्टा हामीसंंग अनावश्यक विषयमा सवाल जवाफ गरेपछि उनको संरक्षणममा प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहले असुली चलाएका प्रष्ट भएको हो ।कुनै पनि रुपमा पैसा कमाउने काममा लागि परेका प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साह यस अघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको मिटरव्याजी शाखामा कार्यरत रहेका थिए ।

त्यसपछि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको निर्देशनमा प्रहरी चौकी गोरखकाली प्रमुुख भएर आएको दाबी गर्दे प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहले प्रमुख जिल्ला अधिकारी श्रेष्ठको समेत नाम बद्नाम गर्दै आएका छन्।उनी समय समयमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई भेट्न जिल्ला प्रशासन कार्यालयमा समेत जाने गरेका समेत पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठको निर्देशनमा आफु प्रहरी चौकी गोरखकाली प्रमुख भएर आएको बताउदै सई साहले आफुलाई कसैले केही गर्न नसक्ने धम्की दिँदै हिडेका छन् ।सई साहले आफुलाई पत्रकार वा अरु कोही कसैले केही गर्न नसक्ने धम्की लाउदै असुली चर्काउनुमा प्रहरी संगठनको माथिल्लो तहका अधिकारीहरुको समेत मिलेमतो रहेको हुन सक्ने स्थानीयको आशंका छ ।
गोरखकाली नाकाबाट दिनहु कपडा,हार्डवेयर,मोबाइल पार्टस,स्याउ सहित किराना तथा खाद्यान्नका सामाग्रीहरु र कवाड ओसार पसार हुने गरेको जो कोहिले पनि सजिलै देख्न सकिन्छ।सो विषयमा फोटो तथा भिडियो समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राई सहित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रहरी प्रमुख एवमा डिआईजी,जिल्ला प्रशासन कार्यालय सर्लाही र प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी भएको भएपनि प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहलाई कार्बाही त अनुसन्धान समेत सुरु नभएपछि सबैैको मिलेमतोमा असुली चलेको शंकेत देखिएको छ ।
सीमा नाकामा खटेर सर्वसाधारणलाई दुख दिने र तस्करहरूसंग मासिक रूपमा लाखौ कमिसन असुल्ने काम सीमा क्षेत्रका सुरक्षाकर्मीहरुबाट भई रहेको प्रष्ट छ।स्थानीय व्यापारीहरुका अनुसार सई साहले मासिक करिब रु तीन लाख रकम असुल्ने गरेका छन् ।
यता,सई साहले आफुले कुनैपनि असुली नचलाएको र आफुलाई फसाउने षडयन्त्र भएको दाबी गरे।उनले एक व्यापारीको नाम लिँदै ती व्यापारीको स्वार्थ पुरा नभएकाले आफुलाई बद्नाम गराउने काम सुरु भएको समेत बताए।सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईलाई कमलामाई मिडिया प्रा.लिले जानकारी गराउँदा आफुले अनुसन्धान गर्ने र दोषी देखिए कार्बाही गर्ने बताए।त्यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफुमाथि लागेको उक्त आरोपमा सत्यता नभएको दाबी गरे।उनले प्रहरी कर्मचारीहरुको खटन पटन आफ्नो अधिकार क्षेत्रभित्र नरहेको समेत दाबी गरे ।उनले सो सम्बन्धमा अनुसन्धान सुरु गर्ने पनि बताएका छन् ।