डेढ सय सवारी चालक र सह चालकको निःशुल्क आँखा परीक्षण

364 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले सवारी चालक र सह चालकहरुको निःशुल्क आँखा परीक्षण गराएको छ।७५ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले एक सय ५३ जना सवारी चालक र सह चालकहरुको निःशुल्क आँखा परीक्षण गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोस घिमिरेले जानकारी दिए ।उनका अनुसार चालक तथा सह चालकको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण गर्दा सवारी दुुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने छ ।
एक सय ५३ जना चालक तथा सह चालकहरुको आँखा परीक्षण गराउँदा ४३ जनामा आँखाको समस्या देखिएकाले निःशुल्क चस्मा र सय जनालाई निःशुल्क औषधी वितरण गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिका,आँखा उपचार केन्द्र ईश्वरपुर सर्लाही,नेपाल रेडक्रस सोसाईटी उप साखा ईश्वरपुुर तथा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास सर्लाहीको संयुत्त सहकार्यमा सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि चालक तथा सह चालकहरुको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण गराइएको हो ।
चालक तथा सह चालकहरुको आँखा परीक्षण कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक घिमिरे,इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक उमाकान्त जोशी,ईश्वरपुर नगरपालिका ९ का वडाध्यक्ष नन्दलाल चौधरी,ईश्वरपुर नगरपालिका १० का वडाध्यक्ष  रास नाराण चौधरी र ईश्वरपुर नगरपालिका ११ का कार्यवाहक वडाध्यक्ष राम पुुकार चौधरी  लगायतको उपस्थिति रहेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी निरिक्षक घिमिरे आएदेखि पुर्व पश्चीम राजमार्गका साथै भित्री सडक खण्डहरुमा हुनेसवारी दुर्घटना न्यूनिकरणका लागि के कस्ता काम गर्न सकिन्छ साथै के कसरी ट्राफिकिङ गर्दा दुर्घटना न्यूनिकरण हुन्छ भन्ने विषयमा सरोकारवालाहरुका साथै यातायात व्यवसायीहरुसंग छलफलहरुका साथै सचेतनामूलक कामहरु गर्दै आएका जिल्लाका यातायात व्यवसायीहरुले बताएका छन् । जसका कारण जिल्लामा दुर्घटना संख्या घट्दो अवस्थामा रहेको छ ।

सम्बन्धित समाचार