विवाह पञ्चमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

115 Shares

मधेश प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ।प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको हो ।विवाह पञ्चमीको मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचना प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी सूचनामा उल्लेख छ।प्रदेश राजपत्र (चैत २२,२०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मंगलबार सार्वजनिक बिदा दिईएको उनले जानकारी दिए।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व यस मंगलबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि मधेश प्रदेश सहित देशभरी नै मनाइँदै छ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।त्यसैगरी, मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष २५ नोभेम्बरको दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाइने गरिएको हो ।

सम्बन्धित समाचार