सर्लाहीको मलंगवा नगरपालिका २ स्थित नेपाल विधुत प्राधिकरण मलंगवाको कार्यालय अगाडिबाट स्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका २ स्थित नेपाल विधुत प्राधिकरण मलंगवाको कार्यालय अगाडिबाट स्रोत नखुलेको रकम रु दुई लाख सहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ साइकलमा आउदै गरेका भारतको सितामढी ग्राम पंचायत मरिया ३ तिलहंगीका अन्दाजी बर्ष १९ का राहुल महतोको साथबाट स्रोत नखुलेको रु दुई लाख बरामद गरीएको हो । नगद सहित नियन्त्रणमा लिइएको महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।