सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित रहेको सुनकोसी नदीमा अस्थायी एमपिबी बेलिव्रिज निर्माण गरिएको छ।असोज ११ र १२ गतेको भिषण वर्षापछि आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने सेलेघाटको सुनकोसी नदीको पुल बगाएको थियो ।गोलन्जोर गाउँपालिका ७ खुर्काेट र मन्थली नगरपालिका ६ भलुवाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पुल भत्काएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो ।
बाढीले पक्की मोटरेवलपुल बगाएको २० दिनमा नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई सडक सम्बन्ध मार्फत जोडेको हो ।सरकारले सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त सुनकोशी नदीको पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।
प्राविधिक टोलीले अहोरात्र खटेर एमपिबी राखेर सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिव्रिज तयार गरेको नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंका मेजर चिरञ्जीवी चौलागाईले बताए।उनका अनुसार गत असोज २२ गते बुधवाबारबाट एमपिबी जडानको काम सुरु गरेको नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले करिब १५ दिनमै बेलिव्रिज जडानको प्रारम्भिक काम सकेर दुई जिल्लालाई जोडेको हो ।
बर्दिबास सिन्धुली बनेपा (बीपी) राजमार्गसँग जोडिने खुर्कोट–मन्थली–तामाकोशी सडक अन्तरगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभाग सुनकोशी नदिमा आएको बाढीले बगाएर क्षति पुर्याएको थियो ।एमपिबी जडानको काम सकिएको र एमपिबीको डेकिङ युनिटको काम सुरु भएको सेनाले जनाएकोे छ।शनिबार(आज)बाट एमपिबी जडानको सम्पूर्ण काम सकेर यातायात सुचारु गर्ने गरीे पुल निर्माणको काम भई रहेको सेनाले जनाएको छ ।
जहाँ जहाँ समस्याछ त्यहाँ त्यहाँ नेपाली सेना पुग्ने र राहत उद्धार तथा पुन निर्माणको काम गर्ने गरेको छ ।राज्य तथा ठेकेदारले लामो समय सम्मपनि काम निकाल्न नसक्ने ठाउँहरुमा नेपाली सेनाले जिम्मेवारपुर्ण तरिकाबाट काम गरि छोटो समयमै काम सकाउने र नागरिकको विश्वाश जिति रहेको जानकारहरु बताउँछन् ।