लालबन्दी नगरपालिकाको गतिविधि प्रति लालबन्दी १४ नारायण खोलाबासी असन्तुष्ट

167 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलाका स्थानीयले लालबन्दी नगरपालिकाले आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन्। “लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेट,नीति तथा कार्यक्रम पारित गर्न १२ औँ नगर सभा आरम्भ गरेको तर वडाको बजेट सिलिङ गर्दा लालबन्दी नगरपालिका १४ नारायण खोलालाई उपेक्षा गरि आफुखुसी वडाको पनि बजेट सिलिङ गरेका,लालबन्दी नगरपालिका १४ नारायणखोला जाने बाटोको लालबन्दी नगरपालिका १३ र १४ को सिमानामा रहेको नारायण खोलामा निर्माणाधिन अवस्थामा रहेको पुललाई निर्माण सम्पन्न गर्ने तर्फ ध्यान नपुर्याएको,संघीय सरकार र प्रदेश सरकारले सो पुल निर्माण गर्न बजेटको व्यावस्था नगरीरहेको अवस्थामा“गाउँ गाउँको सिंहदरबार”स्थानीय सरकारको रुपमा रहेको लालबन्दी नगरपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेट,नीति तथा कार्यक्रम मै सो पुल निर्माणका लागि बजेटको व्यावस्थापन नगरी पुल अलपत्र पार्ने काम गरेको,आफुखुसी वडाहरुको पनि बजेट सिलिङ गर्ने,सधैँ उपेक्षा गरिएको लालबन्दी नगरपालिका १४ नारायण खोलामा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव,स्वास्थ्यकर्मीहरु र औषधीको अभाव,खानेपानी र विद्युतको समस्यालाई लालबन्दी नगरपालिकाका नगर प्रमुख श्रीमान् बासुदेव अधिकारी र उप प्रमुख कल्पना माया पाख्रिनका साथै अन्य कार्यपालिका सदस्यहरु र कर्माचारीहरु संवेदनशिल नदेखिएका”लालबन्दी नगरपालिका १४ नारायणखोला बासीले आरोप लगाएका छन् ।
“भुगोलका हिसाबले ठूलो र दुर्गम लालबन्दी नगरपालिका १४ नारायण खोलालाई वर्तमान अवस्थामा“गाउँ गाउँको सिंहदरबार”स्थानीय सरकारको रुपमा रहेको लालबन्दी नगरपालिकाको सदरमुकाम सम्म आउन जान समेत समस्या मात्रै छैन्।सञ्चार क्षेत्रको विकास नहुँदा लालबन्दी नगरपालिका १४ नारायण खोलाबासी अहिले पनि ढुंङ्गे युगको अवस्थामा बसि रहनु परेको छ ।लालबन्दी नगरपालिकाका अन्य धेरै वडाहरु सुगममा रहेका र तीनै वडाहरुको अनुपातमा लालबन्दी नगरपालिका १४ लाई पनि बजेट विनियोजन गर्ने हो भने लालबन्दी नगरपालिका १४ नारायण खोला विकासमा ती वडाहरुलाई पछ्याउन अझैँ २० औँ वर्ष नलाग्ला भन्न सकिन्न्।कमसेकम भौतिक संरचना अन्र्तगत लालबन्दी नगरपालिका १३ र १४ को सिमानामा रहेको नारायण खोलामा निर्माणाधिन अवस्थामा रहेको पुल निर्माण सम्पन्न गर्दा मात्रै पनि लालबन्दी नगरपालिका १४ नारायण खोलाबासीले वर्षाको समयमा ज्यान गुमाउनु पर्ने थिएन्।”लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष घिसिङले बताए ।
उनका अनुसार लालबन्दी नगरपालिका १३ र १४ जोड्ने नारायण खोलाको पुल निर्माणका लागि बजेटको उचित व्यावस्थापन गरिदिन साथै गत वर्ष सो पुल निर्माणका लागि व्यावस्थापन गरिएको वडा र नगरको बजेटलाई समेत दायित्यमा राखेर काम गर्न नदिएको र हरेक वर्ष वडाको बजेट सिलिङ गर्दा वडाबाट आएका योजनाहरुलाई समेटेर वडाका जनप्रतिनिधिहरुको रोहबरमा बजेट सिलिङ गर्नु पर्नेमा आफुखुसी वडाको पनि बजेट सिलिङ गरेको थाहा पाएपछि स्थानीयबासी आक्रोसित भएका हुन ।
“हामी,लालबन्दी नगरपालिका १४ नारायण खोलाबासीहरुको मागलाई यथोचित रुपमा सम्बोधन नगरिए भोलिका दिनमा लालबन्दी नगरपालिका १४ नारायण खोलाबासी जुनसुकै कदम चाल्न पनि बाध्य हुने र सोबाट हुन जाने वा पुग्ने क्षेतीको सामाना गर्न तयार रहन पनि लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारी र उप प्रमुख पाख्रिनका साथै अन्य कार्यपालिका सदस्यहरुलाई अनुरोध गर्दछौँ ।”लालबन्दी नगरपालिका १४ नारायणखोलाबासीले बताएका छन् ।लालबन्दी नगरपालिका १४ नारायणखोलाबासीले संयुक्त रुपमा हस्ताक्षर सकलन गरि ध्यानाकर्षण पत्रका साथमा नगर प्रमुख अधिकारी सहित सिङ्गो कार्यपालिकालाई बुझाएका छन् ।

सम्बन्धित समाचार