पुर्व पश्चीम रामजार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका–११ स्थित कर्मैयामा प्रहरीले भदौ १० गते बुधबार ठूलो मात्रामा मद्यिरा सहित भारतीय कार नियन्त्रणमा लिएको थियो। अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट कर्मैयाले नियमित सवारी साधन चेकजाँचको क्रममा डिएल ०२ सिए ०४१८ नम्बरको कारलाई ठूलो मात्रामा विभिन्न ब्राण्डको मद्यिरा सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कर्मैयालाई बुझाएकोमा उत्त कार र मद्यिराको वस्तुगत अवस्था हाल सम्मपनि सार्वजनिक नगरिएपछि प्रहरी कर्मचारीहरु माथि प्रश्न चिन्ह खडा भएको छ ।पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको उक्त कारमा रेड लेभल ब्राण्डको ठूलो मात्रामा मद्यिरा बरामद् भएपनि नियन्त्रणमा लिएको कार र मद्यिरा हाल सम्मपनि सार्वजनिक नगर्नुले प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।
यसका साथै विगत लामो समयदेखि ईलाका प्रहरी कार्यालय कर्मैयामा सवारी चालकको रुपमा कार्यरत हबल्दार कुल नारायण जोशी अहिले प्रहरी नियमावली विपरित सादा पोशाकमा परिचालन समेत हुने गरेका र ईलाका प्रहरी कर्मैया क्षेत्रका होटलहरुमा हुने देह व्यापार तथा जुवा खेलबाट कमिसन असुलीमा लिप्त रहेका एक प्रहरी कर्मचारीहरुले नै बताए ।
उनका अनुसार कर्मैयामा रहेका करिब एक दर्जन होटलहरुमा देह व्यापार हुने गरेको छ।भने उनै प्रहरी हबल्दार जोशीले कमिसन असुल्ने गरेका छन्।अन्यन्त्र दरवन्दी भएका हबल्दार जोशी लामो समयदेखि कर्मैया मै कार्यरत रहेका र ईलाका प्रहरी कर्मैयाका चालक समेत रहेका उनी प्राय मापसे गरी सवारी चलाउने गरेका समेत स्थानीय स्रोतको दाबी छ।स्थानीय स्रोतका अनुसार ईलाका प्रहरी कर्मैयाका चालक तथा हबल्दार जोशीले कमिसन असुलेर कर्मैया क्षेत्रबाट काठको समेत तस्करी गराउने गरेका पाइएको छ ।
शान्ति–सुरक्षा कायम गर्ने,अपराध नियन्त्रण गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन गराउने प्रहरी संगठनको जिम्मेवारी भएपनि इलाका प्रहरी कार्यालय कर्मैयाको कार्यक्षेत्रमा प्रहरी नियमावली विपरीत घुमुवा परिचालन गरी विभिन्न अवैध गतिविधिबाट कमिसन असुली हुने गरेको आरोप सार्वजनिक हुन थालेपछि प्रहरी प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
कर्मैया क्षेत्रका होटल तथा खाजा घरहरु,जुवातास र अवैध कारोबार लगायतका गतिविधिमा नियमित रकम उठाउनका लागि प्रहरी नियमावली विपरित सादा पोशाकमा हबल्दार जोशी खटिने गरेका छन्।मिनी रत्नपार्कको रुपमा परिचित हुँदै गएको कर्मैया क्षेत्र भारतयि नागरिकहरुको आकर्षणको केन्द्र बनेको र भारतिय नागरिकहरु कर्मैयाका होटलहरुमा आएर मद्यिरा सेवन गरी देह व्यापार तथा जुवा खेलमा संग्लग्न हुने गर्दा कर्मैया क्षेत्रको आर्थिक करोबार चलायमान भएको भएपनि होटलहरुमा हुने गैर कानूनी धन्दाले सामाजमा विकृति फैलाएको प्रष्ट छ।होटलमा राखिएका केटीहरुको मोलमोलाईमा होटल सञ्चालकहरुबाट चर्काे शुल्क माग भएपछि ती मानिसहरुले बाहिर हिडडुल गर्ने कर्मैयाका किशोरी तथा महिलाहरुलाई जिस्क्याउने काम समेत गर्ने गरेका स्थानीयले बताए ।
प्रहरीको पोसाक र अधिकारलाई अपराध नियन्त्रणका लागि प्रयोग गर्नुपर्नेमा यदि कुनै प्रहरी कर्मचारीले व्यक्तिगत आर्थिक लाभका लागि अवैध गतिविधिलाई आँखा चिम्लिने,संरक्षण गर्ने वा नियमित रकम उठाउने गरेको प्रमाणित भएमा त्यो सामान्य अनुशासनहीनता मात्र नभई प्रहरी संगठनको विश्वसनीयता माथिकै गम्भीर प्रहार हुने स्थानीय बताउँछन् ।
अझ गम्भीर प्रश्न त घुमुवा परिचालनको प्रक्रिया माथि उठेको छ।प्रहरीभित्र सूचना संकलन र अपराध नियन्त्रणका लागि परिचालन हुने संयन्त्रलाई पारदर्शी र जिम्मेवार बनाउनुपर्नेमा त्यसैलाई अवैध असुलीको माध्यम बनाइने गर्दा प्रहरी संगठनको गरिमा माथि प्रश्न चिन्ह खडा भएको छ ।
स्थानीय नागरिकहरू प्रहरीसँग सुरक्षा र न्यायको अपेक्षा गर्छन् तर अवैध गतिविधि अर्थात जुवा,देह व्यापार वा अन्य गैर–कानुनी गतिविधिबाट नियमित रकम उठाएर त्यस्ता गतिविधिलाई संरक्षण गरिन्छ भने नागरिकले कहाँ न्याय खोज्ने भन्ने प्रश्न सृजना हुनु स्वभाविकै हो ।
सो विषयमा जिज्ञासा राख्दा प्रहरी प्रशासनले“घुमुवा परिचालन भएको छैन”वा“आरोप निराधार छन्।”भनेर मात्र पन्छिनु भन्दा कुन प्रहरी कर्मचारी कहाँ,कुन जिम्मेवारीमा र के उद्देश्यले परिचालित छन् भन्ने विषय स्पष्ट पार्नुपर्ने देखिन्छ।साथै अवैध गतिविधि सञ्चालन हुने भनिएका स्थानमा प्रहरीको निगरानी,कारबाही र आर्थिक कारोबार बारे समेत आन्तरिक छानबिन हुनुपर्ने देखिन्छ ।
अपराध नियन्त्रण गर्ने निकाय नै अपराधसँग जोडिएको आरोपमा मुछिएपछि त्यसको जवाफदेहिता झन् कडा हुनुपर्छ।त्यसैले इलाका प्रहरी कार्यालय कर्मैयाबाट हुने भनिएको घुमुवा परिचालन,देह व्यापार तथा जुवातास लगायतका गतिविधिबाट हुने भनिएको कमिसन असुलीबारे जिल्ला प्रहरी कार्यालय सर्लाही तथा नेपाल प्रहरी मधेश प्रदेश र प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण हुनु जरुरी छ ।सो विषयमा हवल्दार जोशीलाई सोध्दा आफु लामो समय कर्मैयामा बसेको र कोही कसैले सक्छ भने अन्यन्त्र सरुवा गरिदिए हुन्छ भन्ने जवाफ आयो ।