89
Shares
सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो।
यसअघि आईतबार नै निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको थियो।स्थानीय तहमा जिल्ला समन्वय समितिका दुई प्रमुख सहित ४१ जनप्रतिनिधिहरु रिक्त रहेका छन्।मितव्ययीरूपमा स्वतन्त्र,निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन्।स्थानीय तहको निर्वाचन २०७९ सालमा भएको थियो।