Close This

सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगिता सुरु,जावलाखेल र एपीएफ आम्नेसाम्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२५ गते   ३१३ पटक हेरिएको

सर्लाहीको बागमतीमा  मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको  मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण आज देखि फागुन ७ गतेबाट सञ्चालन  हुने आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
उनका अनुसार ए डिभिजन लिगका ६ वटा,मोफसलका ४ वटा,एउटा विदेशी र आयोजक गरि १२ वटा टिमको सहभागीतामा माघ २५ गतेबाट सुरु  हुने आयोजना फागुन ७ गते सम्म बागमती नगरपालिका ११ स्थित रहेको स्व.सन्तोष श्रेष्ठ स्मिृत खेल मैदानमा सञ्चालन हुने छ । 
 सातौँ राजर्षी जनक कप फुटवल प्रतियोगितामा ए डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लव काठमाडौं,चर्च ब्याईज युनाइटेड ललितपुर,शंकटा क्लब काठमाडौं,जावलाखेल युवा क्लव ललितपुर,नेपाल पुलिस क्लव काठमाण्डौँ र शसस्त्र प्रहरी क्लव काठमाडौ गरि ६ वटा टिम रहेका छन् भने सुदुरपश्चिम ११,धरान फुटबल क्लब, पिप्ले युवा क्लव हेटौडा, नवजन जागृति युवा क्लव सिमरा बारा मोफसलका फुटबल क्लबहरु हुन । 
त्यस्तै युनाईटेड किन्डम फुटबल क्लब दार्जिलिङ(भारत) विदेशी टिम होे भने आयोजक बागमती युवा क्लव सि डिभिजन लिगको क्लबको सहभागीता रहने आयोजक बागमती युवा क्लबका महनसचिव एवम बागमती नगर खेलकुद विकास समिति संयाेजक  सागर  मैनालीले जानकारी दिए ।
उनका अनुसार माघ २५ गतेदेखि फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगीता सञ्चालनका लागि करिब रु ९८ लाख १२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । राजर्षी जनक कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु १० लाख,दोस्रो पुस्कार रु पाँच लाख,सर्वोत्कृष्ट सर्लाहीका एकजना खेलाडीलाई एकथान पल्सर मोटरसाईकल,सर्वोत्कृष्ट एकजना खेलाडीलाई रु ५१ हजार नगद् पुरस्कार प्रदान गरिने आयाजक बागमती युवा क्लबले जनाएको छ । त्यस्तै प्रतियोगीताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए । उनका अनुसार हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ । 
त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइकल र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्ष आयोजक बागमती युवा क्लब सि डिभिजन लिगमा प्रवेश गरेका कारण यस वर्षको उपाधि आयोजकले नै राख्ने अनुमान गरिएको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । 
साथै सातौँं राजर्षी जनक कप फूटबल प्रतियोगिताको उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वधार एवम यातायात मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) आउने आयोजकले जनाएको छ । प्रतियोगीताको पहिलो खेल जावलाखेल युवा क्लब जावलाखेल र शसस्त्र प्रहरी बल(ए.पि.एफ) क्लब काठमाण्डौँ बीच दिउँसो डेढ बजेबाट सुरु हुने छ ।
प्रतियोगीताको सातौँ संस्करण सम्म आईपुग्दा प्रदेश तथा संघ कुनै सरकारबाट  सहयोग प्राप्त नभएको प्रतियोगीता आयोजना गर्दै आएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनले  प्रदेश तथा केन्द्र सरकारलाई पटक पटक कार्य योजना पेश गरिएको भएपनि कुनै सहयोग प्राप्त नभएको बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech