सरकार कर असुली भ्रष्टलाई संरक्षणमा लागेको आजपा अध्यक्ष साहको आरोप

305 Shares

अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको आम जनता पार्टी(आजपा) का अध्यक्ष प्रभु साहले  बताए।आम जनता पार्टी(आजपा) मधेस प्रदेश कमिटीद्धारा आयोजित“भ्रष्टाचार बिरुद्ध मधेस यात्रा”कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै आजपा अध्यक्ष साहले करको नाममा हरेक क्षेत्रमा ओली सरकारले आतंक मचाएको आरोप लगाए ।
अहिलेको गठबन्धन सरकारले शान्ति सुरक्षा कायम गर्न असफल भएर हरेक वस्तुमा कर आतंक मचाएको बताउँदै हत्या,हिंसा,लुट,भ्रष्टाचार बढदै गईरहेको उनले बताए।हरेक वस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुटने काम अहिलेको सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए ।
भारतमा रु दुई लाखमा पाइने मोटरसाईकल नेपालमा किन रु पाँच लाख पर्ने?यहाँ ओली सरकारको करमाथि कर लगाउने,असुल्ने र राज्यको ढुकुटी सिध्याउने कामले महंगी बढेको साथै भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? आम जनता पार्टी(आजपा) साहले अहिलेको सरकारलाई प्रश्न गरे ।
सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको,शान्ति सुरक्षा कायम गर्न असफल भएको र सबै क्षेत्रमा सरकारी कर आतंक मचाइएको उनको आरोप छ ।सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरहेको बताउँदै उनले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको उनले बताए ।
“सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ।गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ।प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन् ।”आजपा अध्यक्ष साहले बताए ।

सम्बन्धित समाचार