सर्लाही कांग्रेस अधिवेशनको वार्ता जारी,चौथो निर्वाचन अधिकृत ज्ञावाली आउँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१७ गते   ७२ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन भन्दै बसेका वार्ता आजपनि निस्कर्ष बिहीन बनेको छ । जिल्लाको लालबन्दीमा दिनभर बसेको वार्ता सफल हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाहीमा यो समाचार तयार पर्दा सम्म वार्ता जारी रहेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिनु भयो । जिल्लामा १४ औँ महाधिवेशन गराउने विषयमा संस्थापन र संस्थापनइतर पक्ष विच विवाद उत्पन्न भएपछि अधिवेशन अन्यौलमा परेको छ । 
संस्थापन पक्षका नागेन्द्र राय र संस्थापन इतर पक्षका लक्ष्यमण राय वीच क्रियासिल  सदस्यता वितरणको विषयमा उत्पन्न भएको विवादले गर्दा सर्लाहीमा करिब १० वटा वडामा वडा अधिवेशन समेत हुन सकेको छैन । भने प्रदेश र प्रतिनिधि तर्फको महाधिवेशन समेत हुन सकेको छैन । उत्पन्न विवादका कारण चौँथो पटक निर्वाचन अधिकृत खटाइएको छ । यसअघि तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुण कुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रुपमा खटाएको हो । 
अहिलेका नयाँ निर्वाचन अधिकृत ज्ञवालीले धनुषामा भर्खरै जिल्लाबाहेक अन्य अधिवेशन सम्पन्न गराईसकेका छन् । ज्ञवालीले सर्लाहीमा अधिवेशन गराउनका लागि विहिबार रातीबाटै नयाँ टिम परिचालन भइसकेको बताएका छन् । उनले आज( शुक्रबार)का लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सर्लाहीमा नहुने र दुवै पक्षको सहमतिमा सकेसम्म शनिबार हुन सक्ने प्रस्ट परे । यसअघिका निर्वाचन अधिकृत राउतले छाडेर गएको कागजात र अन्य सरसामग्रीहरु बरबुजारत हुने र त्यसपछि प्रदेश र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन प्रकृया अगाडि बढाईने ज्ञवालीको भनाई छ ।
सोही अनुसार लालबन्दीमा रहेको पार्टी कार्यालयमा कागजात र अन्य सरसामग्रीहरु बरबुजारत भएको र त्यसपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा वार्ता जारी रहेको कांग्रेस सर्लाहीले जनाएको छ । सहायक निर्वाचन अधिकृत धिरेन्द्र चौधरीको नेतृत्वमा लालबन्दीमा भएको वार्ता निस्कर्ष बिहीन भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा वार्ता जारी रहेको सर्लाही कांग्रेसले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech