सरकारका विरुद्ध सर्लाही र बारामा मसाल जुलुस सहित विरोध प्रदर्शन

518 Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई राज्यले बर्खास्त गरेको विषयमा मधेश प्रदेशको सर्लाही र बारामा विरोध प्रदर्शन गरिएको छ।चैत्र ११ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको र केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुश कदमको विरुद्धमा समाजवादी मोर्चामा आवद्ध दलहरुको आयोजनामा मसाल जुलुस सहित विरोध प्रर्दशन गरिएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।

WhatsApp Image 2025-03-25 at 9.18.44 PM.jpeg
उनका अनुसार माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी(जसपा) नेपाल,लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा),नेकपा(एकिकृत समाजवादी) पार्टीको संयुक्त आयोजनामा हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा कुलमान घिसिङ जिन्दावाद,नालाक सरकार मुर्दाबाद,भ्रष्ट ओलि सरकार मुर्दाबाद,नालायक ओलि सरकार राजीनामा दे र नेपाली जनता के भन्छ कुलमान घिसिङ ले भन्छ जस्ता नारा सहित मसाल जुलुस रविरोध प्रदर्शन गरिएको हो ।
त्यसैगरी,बाराको कलैया उपमहानगरपालिका १ स्थित कलैया बजारमा पनि समाजवादी मोर्चा निकट दलहरुको संयुक्त आयोजनामा केपि चोर देश छोड,दलालहरुको सरकार चाहिदैन,केपि ओलि मुर्दावाद र  सरकारी दलाल मुर्दावाद लगायतका नारा लगाउँदै मसाल जुलुस सहित विरोध प्रदर्शन गरिएको नेपाल कम्युनिष्ट पार्टी बाराका इन्चार्ज जनक राउतले जानकारी दिए ।उनले कुलमानलाई जबसम्म पुनरवाली गरिदैन तब सम्म आन्दोलन जारी रहने बताए।केपि शर्मा ओलिले आफ्नो स्वार्थको लागि जुन कदम चाल्यो यो किसिमको कदम प्रती हाम्रो घोर आपति छ र आन्दोलन यो भन्दा चरम स्थितिमा पुग्ने उनले बताए ।

सम्बन्धित समाचार