Close This

जुवाको खालबाट गोरु व्यापारी सिंह सहित ६ जना जुवाडे पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१९ गते   ३५४८ पटक हेरिएको

जिल्लाको बरथवाबाट ६ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका ६ का शम्भु सिंहको घरमा जुवा खेल भाईरहेको भन्नेसुचनाको आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित ६ जनालाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिनु भयो। 
प्रसिद्ध गोरु व्यापारी सिंह,वरथवा नगरपालिका ६ का राम प्रमोद महत्तो, बरथवा नगरपालिका ५ का महमद हसन कवारी, बरथवा नगरपालिका ७ का गोबिन्द साह(दिनेश), सोहि ठाउँका रामानन्द दास र बरथवा नगरपालिका १६ का मनोज राय मंगलबारसाँझ पक्राउ परेका प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो। 
जुवाको खालबाट पक्राउ परेका उनिहरुको साथबाट रु ६० हजार ९९५ नेपाली रुपैयाँ र  ५ हजार २०० भारतीय रुपैयाँ बरामद भएको प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो।  गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेका समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।  
सिंहले कात्तिक ५ गते ना ६ ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरि बाहिर निर्यातका लागि पठाएका थिए । तर सामाजिक अभियान्ताहरुले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ ।
तराइको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेको छ ।जसका कारण गोरु बजारहरुमा संकलन केन्द्रकोरुपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भईरहेको छ भने प्रहरी मौन देखिएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech