Close This

तराइमा अचानक बढेको चिसोका कारण जनजीवन प्रभावित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-६ गते   २५०९ पटक हेरिएको

जाडो मौसमको थालनीसँगै प्रत्येक वर्ष खासगरी तराई भेगमा चल्ने शीतलहर र हुस्सुले जनजीवनलाई अस्तव्यस्त बनाउने गरेको छ ।
यससँगै यस वर्षको जाडोको समय सुरु भएसँगै सर्लाही,रौतहट लगायतका प्रदेश नम्बर २ का जिल्लाहरुमा बढी चिसो हावा चल्ने,शीतलहर हुने,बाक्लो हुस्सु लाग्नथालेको छ ।जसले अत्याधिक जाडो भएर जनजीवन नै कठिन बन्ने गरेको छ । यस वर्ष पनि तराई क्षेत्रमा पौषको पहिलो साताबाटै चिसो बढ्दै गएको छ । 
कठ्याङ्ग्रिदो चिसोले अति विपन्न गरीब,दलित मजदुर र पिछडिएका दलित परिवार बढी प्रभावित भएका छन् ।शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि तातो ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्यभएका छन्  ।चिसो छल्न झुप्रा बस्तीका प्रत्येक जसो घर,चोक चौतारामा आगो ताप्ने गरि रहेका छन् । तराईका जिल्लाहरुमा शीतलहरले अति विपन्न, डोम,मुसहर,चमार लगायतका पिछडिएको दलित परिवार अत्यन्त प्रभावित भएका लालबन्दी नगरपालिकाका नगरप्रमुख मान बहादुर खड्काले बताउनु भयो।
चिसोले स–साना बालबालिका,बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यत्तिबढी प्रभावित भएका छन् ।यस्ता व्यक्तिहरु चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने  प्राथमिक स्वास्थ्य केन्द्र लालबनदीका प्रमुख डा. चन्दन चौधरीले बताउनुभयो । 
गतवर्षहरुमा अंग्रेजी नयाँ वर्षको सुरुवातसंगै चिसो बढ्ने गरेको भएपनि यस वर्ष १५ दिन पहिला देखिनै चिसोबढेर जनजीवन प्रभावित भएको  जानकारहरुले बताएका छन् । प्रत्येक वर्ष तराईका जिल्लाहरुमा  हरेक वर्ष करिब दुई दर्जनको संख्यामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 
सर्लाहीको लालबन्दी नगरपालिका ५ र लालबन्दी नगरपालिका २ मा रहेको अति गरीब दलित बस्तीमा चिसोका कारण दर्जनौँ  मुसहरहरु प्रत्यक्ष मारमा परेका छन् । साना साना फुसका झुप्रा बनाएर बसेका दलित समुदायमा चिसोको प्रत्यक्ष प्रभाव परेको वडा नम्बर ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech