Close This

कराँते महासंघ रौतहटको अध्यक्षमा स्वयंसेवक प्रशिक्षक पहाडी सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२६ गते   ३३१ पटक हेरिएको

नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडी चयन भएका छन् ।चन्द्रनिगाहपुरमा बिहीबार भएको विभिन्न कराँतेका स्वयंसेवक प्रशिक्षकहरूको भेलाले पहाडीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । 
भेलाले उपाध्यक्षमा भूमिलाल भोलन र विष्णुलाल श्रेष्ठ,सचिवमा अमित भोलन,सहसचिवमा कुशल बस्नेत र कोषाध्यक्षमा सानुमाया दोङलाई चयन गरेको छ । सदस्यहरूमा अर्जुन पहाडी,भीमबहादुर पहरी,बिबिका श्रेष्ठ,प्रतीक्षा लो र हिमांशु मगरलाई चयन गरिएको नेपाल कराँते महासंघ रौतहटले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख वीरेन्द्र ढुंगानाको रोहवरमा भएको महासंघको जिल्ला कार्य समितिले नेपाल कराँते महाँसंघको मधेस प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । 
मधेस प्रदेश प्रतिनिधिमा नव निर्वाचित अध्यक्ष पहाडी, विष्णुलाल श्रेष्ठ,भीमबहादुर पहरी र सानुमाया दोङलाई पठाउने निर्णय भएको नेपाल कराँते महासंघ रौतहटका सह सचिव कुशल बस्नेतले जानकारी दिए । भेलाले संघको सल्लाहकारमा जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख ढुंगाना,सिनियर कराँते खेलाडी रुद्र विक र बाबु लामालाई नियुक्त गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech