गैर कानुनी तरिकाबाट भारत जान लागेको ४ जना शसस्त्र प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३० गते   २५४५ पटक हेरिएको

गैर कानुनी तरिकाबाट भारत जान लागेको ४ जना महिलाहरु

सर्लाहीको त्रिभुवननगर नाका हुदै अवैध तरिकाबाट भारत हुँदै अन्य देश जान लागेका ४ जना महिलाहरुलाई शसस्त्र प्रहरी सिमा सुरक्षा बल(विओपी) त्रिभुवननगरले नियन्त्रणमा लिएको छ । 
 ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगर नाकाबाट भारत जान लागेको ४ जना महिलाहरुलाई शंका लागि सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि शसस्त्र प्रहरीले नियन्त्रणमा लिई माइती नेपाललाई जिम्मा लगाएको शसस्त्र प्रहरी नं.१० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयाले जानकारी दिनु भयो ।
उहाँका अनुसार इलाम चुलाचुली ८ की अन्दाजी वर्ष ३० की राममाया लिम्बु,बर्दिया बासगढी  नगरपालिका ५ की अन्दाजी वर्ष २६ की सीता कुमारी सुनार,रुपन्देही बुटबल १ की अन्दाजी वर्ष ३३ की दुर्गा गुरुङ र पाँचथर मिक्लाजुङ गाउँपालिका १ की अन्दाजी वर्ष ३८ की शोभा राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि माईती नेपाललाई जिम्मा लगाइएको हो ।
उनिहरु अवैध तरिकाबाट भारत हुँदै अन्य देश जानका लागि त्रिभुवननगर नाका हुँदै भारत प्रवेश गर्ने क्रममा शसस्त्र प्रहरी सिमा सुरक्षा बल(विओपी) त्रिभुवननगरका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक उत्सव विष्टको टोलीले शंका लागेपछि सोधपुच गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech