Close This

हरिवनमा गरिएको आरडिटी टेष्टमा २९ जनाको नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-७ गते   ७४७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकामा २९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ ।

भारत लगायत अन्य देशबाट आएर नगरपालिकाले तोकेको क्वारेन्टाइनमा तथा होम क्वारेन्टाइनमा बसिरहेका २९ जनाको आइतवार आरडीटी विधीबाट परीक्षण गर्दा कसैमा कोभिड–१९ नदेखिएको नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले जानकारी दिनुभयो । पछिल्लो क्रममा प्रदेश नम्बर २ मा पनि कोरोना भाईरस संक्रमणका घटनाहरु बढी रहेको समयमा नगरपालिकाले आफ्नोनगर भित्रका क्वारेन्टाइनमा बसेका नागरीकहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) टेष्ट  गरिएको थियो ।

जसमा टेष्ट गरिएका सबै २९ जनाकै यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech