Close This

निर्माणाधिन अवस्था मै व्यवासायिक भवन चर्कियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-३ गते   ३२४५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्माणधिन अवस्थामा रहेको  व्यावसायिक भवन भत्कीन थालेको छ ।  हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटको व्यवासायलाई व्यावस्थीत रुपमा सञ्चालन गर्न भन्दै नगर विकास कोषको करिब १७ करोडको लगानीमा निर्माण हुँदै गरेको व्यवासायिक भवन भत्कीन थालेको छ । 
हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाथको व्यावसायलाई व्यावस्थापन गर्न भन्दै नगर विकास कोषको रु १६ करोड ८६ लाखमा निर्माणाधिन अवस्थामा रहेको व्यावसायिक भवन निर्माण सम्पन्न नहुँदै भत्कीन थालेको स्थानियको आरोप छ । ०.१६ प्रतिशतमा ठेक्का लगाइएको र निर्माण प्रक्रिया पनि धेरै नै गलत भएको स्थानिय विबेक मैनालीले बताउनुभयो ।
आर्थिक वर्ष ०७५÷०७६ बाट निर्माण काम शुरु भएको भवन आर्थिक वर्ष ०७७÷०७८ मै निर्माण सम्पन्न हुनु पर्ने तर अर्काे आर्थिक वर्ष सकिन लाग्दा पनि निर्माण कार्य सकिएको छैन । नगरपालिकाको अनुगमन नहुँदा ठेकेदारले गुणस्तरहिन काम गर्दा निर्माण सम्पन्न नहुँदै भवन चर्किन थालेको अर्का स्थानिय राजकुमार उप्रेतीले बताउनुभयो ।
बिकोइ÷धुलिखेन निर्माण सेवा जेभीले रु १६ करोड ८६ लाखमा ६ वटा व्यावसायिक भवन निर्माणको ठेक्का लिएको थियो । आरसिसि फ्रेम विल्डिङ फरमेटमा निर्माण हुने भवनको निर्माण कार्य जारी रहेकै समयमा भिक्ताहरु भत्कीन  थालेका छन् ।
नगरपालिकाले निरन्तर अनुमगन गरि रहेको र राम्रो काम भएको देख्न नसक्नेहरुले त्यसलाई गलत प्रक्रिया मार्फत हल्ला चलाएका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटमा रहेको व्यवासायलाई व्यावस्थीत रुपमा सञ्चालन गर्न भन्दै नगर विकास कोषको करिब १६ करोड ८६ लाखको  लगानीमा निर्माण हुँदै गरेको व्यवासायिक भवनका भिक्ताहरु भत्कीँदा अहिले टुल्न शुरु भएको छ । भने नगरपालिकाको वेवास्थाका कारण भवन गुणस्तरहिन निर्माण भएको स्थानियको आरोप छ । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech