Close This

माओवादी केन्द्र सर्लाहीका ४ स्थानिय निकायमा जित, ३९ जना वडा अध्यक्षहरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१७ गते   ३४३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)ले सर्लाहीका ४ वटा स्थानिय निकायमा जित निकालेको छ । स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा सम्पन्न निर्वाचनबाट माओवादी केन्द्रले जिल्लाका ४ स्थानिय निकायमा जित निकालेको हो ।
माओवादी केन्द्रले बागमती नगरपालिका,हरिवन नगरपालिका,बलरा नगरपालिका र रामनगर गाउँपालिकामा जितेको छ । बागमती नगरपालिकामा नगर प्रमुख र उप प्रमुख सहित १० वटा वडा अध्यक्षहरु,हरिवन नगरपालिकामा नगर प्रमुख,बलरा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित ३ वटा वडा अध्यक्षहरु र रामनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपा अध्यक्ष सहित ४ वटा वडामा जित निकालेको छ । त्यस्तै चन्द्र नगरपालिकामा उपा अध्यक्ष समेत जितेको छ ।
बागमती नगरपालिकामा नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान,बागमती नगरपालिका १ मा गभिर सिंह पाख्रिन, २ मा टेक बहादुर बल,३ मा तिलक बहादुर मोक्तान,४ मा कृष्ण कुमार  लामा,५ मा कृष्ण बहादुर बाईवा,६ मा गोपाल बहादुर थापा,७ मा दुर्गा बहादुर हेन्जन,१० मा जुगेर कादरी,११ मा प्रदिप आचार्य र १२ मा ओम बहादुर श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी लालबन्दी नगरपालिका २ मा किरण कुमार पासवना,लालबन्दी ८ मा शुक्र लामा,१२ मा दुर्गा बहादुर आलेमगर,१५ मा गोरख बहादुर बल,१६ मा गणेश बहादुर थापा र १७ मा विष्णुहरी अधिकारी वडा अध्यक्षमा निर्वाचित हुन् भएको हो । भने हरिवन नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल) एक्लै निर्वाचित हुनु भएको छ ।
बलरा नगरपालिकाको नगर प्रमुखमा रामाशंकर प्रसाद कुशबाह,उप प्रमुखमा कोशिला देवी,वडा अध्यक्षहरुमा बलार नगरपालिका ९ मा विरेन्द्र प्रसाद चौधरी,१० मा दिनेश प्रसाद कुशबाह र ११ मा सुखलाल सहनी निर्वाचित हुनु भएको छ ।
त्यस्तै,रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव,उपा अध्यक्षमा गीतादेवी रामनगर गाउँपालिका १ मा ब्रम्हदेव चौधरी,२ मा अजय यादव र ३ मा श्रीनन्दन प्रसाद यादव निर्वाचित हुनु भएको छ ।
इश्वरपुर नगरपालिका १४ को वडा अध्यक्षमा सित कुमार महतो निर्वाचित हुँदा हरिपुर नगरपालिकाको १ मा नानी बाबु थापा र ३ मा लाल महमद् शेष निर्वाचित हुनु भएको छ । मलंगवा नगरपालिका ७ मा मो.इशा मिकरानी र ११ मा नन्दकिशोर राय निर्वाचित हुुनु भएको छ । गोडैता नगरपालिका १ मा सोजित महतो र २मा अजय प्रसाद साह,बरहथवा नगरपालका ९ मा तुलसी प्रसाद लुईटेल,चक्रघट्टा गाउँपालिका १ मा रामसुदेश राय र २ मा विनाद कुमार राय,कौडेना गाउँपालिका ६ मा राम उमेश राय,विष्णु गाउँपालिका २ मा मनोज प्रसाद यादव र धनकौल गाउँपालिका ६ मा गजेन्द्र महतो वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
त्यसैगरी चन्द्र नगरगाउँपालिकाको उपा अध्यक्षमा माओवादी केन्द्रकी गीतादेवी महतो,वडा नम्बर ३ मा सिताराम महतो,६ मा राम स्वरुप कुर्मी र ७ मा दिपेन्द्र कुमार चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
माओवादी केन्द्रले ३९ वडामा वडा अध्यक्ष जितेको छ भने अघिल्लो स्थानिय निकायको निर्वाचन भन्दा अहिले थप एक पालिका बढी जितेको हो । २०७४ सालकोस्थानिय निकायको निर्वाचनमा सर्लाहीका ३ वटा स्थानिय निकाय मात्रैजितेको माओवादीले यस पटकको निर्वाचनमा ४ वटा स्थानिय निकाय जितेको छ । ४ वटा स्थानिय निकायमा ३९ वटा वडा,३ नगर प्रमुख २ नगर उप प्रमुख १ गाउँपालिका अध्यक्ष र २ गाउँपालिका उपाअध्यक्ष गरि कुल ४७ सिटमा जित निकालेको हो ।
२०७४ सालमा निर्वाचित धएका जनप्रतिनिधिहरु केहीले पार्टी छोडि सकेको भएपनि सर्लाहीमा माओवादी केन्द्रले आफ्नो अस्तित्व जोगाई राखेको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालिकामा केही क्षेती पुगेको भएपनि समग्र जिल्लाको स्थितीमा भने सुधार आएको छ । कतै पात्र र कतै प्रवृति गलत रहेका मानिसहरु उम्मेदवार हुँदा पनि माओवादी केन्दले सोचे अनुसारको नतिजा ल्याउन नसकेको भएपनि स्थानिय निकाय थप जितेको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech