Close This

सिन्धुलीमा चोरी तस्करी हुदै गरेको दुई ट्याक्टर चिरान काठ बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३० गते   २९७ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ  प्रहरीले बरामद गरेको छ ।चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले दुइटा ट्रयाक्टरमा अवैध चिरान काठ निकासीका लागि लैजाँदै गर्दा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनु भयो ।

३ च ४१८३ र लु ३ च ५११४ नं ट्रयाक्टरसहित काठ प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको छ भने चालक फरार रहेको प्रहरी उपरिक्षक  सिग्देलले बताउनु भयो ।बिहिवार राति १ बजे बरामद गरिएको चिरान काठबारे सिन्धुली डिभिजन वन कार्यालयलाई जानकारी गराइ समन्वय भइरहेको उहाँले बताउनु भयो । सिन्धुलीको तीनपाटन र कमलाखोज क्षेत्रमा पहिलादेखि नै स्थानिय प्रहरीको मिलेमतोमा काठ तस्करी हुने गरेको भएपनि बाहिर नआएको स्थानीयको दाबी छ ।

सो क्षेत्रबाट स्थानिय प्रहरी र सामुदायिक वनका पदाधीकारीहरुको मिलेमतोमा दैनिक सयौँ रुखहरु काटिने गरेका स्थानिय केही सामुदायिक वनका उपभोक्ताहरुले बताएका छन  ।अहिले प्रहरीले कमिसन पाउन छाडेपछि धमाधम तस्करी भइरहेको काठ बरामद गर्न थालेको स्थानियको भनाई छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech