पेट्रोल ,डिजेल र मट्टीतेलको मूल्य बढ्यो

414 Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो।  मुल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६ रुपैया ५० पैसा , दोस्रो वर्गमा एक सय रु ५८ र तेस्रो वर्गमा  रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८ दशमलव ५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ।  निगमले पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर, जनकपुर,अमलेखगञ्ज,भलवासी,नेपालगञ्ज, धनगढी र वीरगञ्ज,दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं,पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।

सम्बन्धित समाचार