महाेतरी र सिरहाका आगलागी पीडितलाई मन्त्री साहले बाँडे राहत

179 Shares

महाेतरी र सिरहाका आगलागी पीडित करिब सवा सय घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका ६ र सिरहाकाे मिर्चैया नगरपालिकाका आगलागी पीडित १० परिवार गरि एक सय १३ आगलागी पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हाे ।

आगलागीबाट घरबार विहिन भएका नागरिकहरुलाई थाेरै भए पनि राहत पुगाेस भनेर खाद्यान्नका साथै सरसफाईका सामाग्रीहरु सहयाेग गरिएको नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता एवम मधेश प्रदेश सरकारका मन्त्री भरत प्रसाद साहका स्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता एवम मधेश प्रदेश सरकारका मन्त्री साहकाे पहलमा राहत सामाग्री वितरण गरिएको हाे । लामाे समयदेखिकाे खडेरीका कारण पछिल्लाे समय मधेश प्रदेश सहित देशैभरी आगलागीका घटनाहरुभई रहेका छन् ।

सम्बन्धित समाचार