ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासतमा एक युवकको मृत्यु,सत्य,तथ्य छानबिन गर्न पीडित परिवारको माग

208 Shares

सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासतमा एक युवकको मृत्यु भएको छ। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका अन्दाजी २२ बर्षिया युवक श्रीकृष्ण वि.क.को ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासतमा मृत्युु भएको हो । 
युवक आफैले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सुर्यप्रकास सुवेदीले बताए।उनका अनुसार जबर्जस्ती करणी आरोपमा पक्राउ परेका वि.क.लाई गएको बैशाख ३ गते म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भईरहेको थियोे।प्रहरीले आत्महत्या भने पनि मृतक वि.क.का परिवारले आशंका गर्दै घटनाको सत्य,तथ्य छानबिन तथा सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।
पीडित पक्षका अनुसार मृतक वि.क.ले मगर थरकी किशोरीलाई अन्तर जातीय विवाह गर्ने भन्दै सहमति मै भगाएका थिए।तर किशोरीका परिवारले जबर्जस्ती करणीको आरोपमा मुद्दा दायर गरेर फसाएको मृतक वि.क.का परिवारको आरोप छ ।अन्तरजातीय विवाह रोक्न किशोरीको परिवारले विना आधार बलात्कार आरोप लगाउदा वि.क.को ज्यान गएको मृतकका आफन्तको भनाइ छ।प्रहरीको कार्यालयमा कसरी युवकको मृत्यु भयो त्यसको सत्य,तथ्य छानवीन हुनु पर्ने कोही दोषी देखिए कडा कारवाही हुनुपर्ने पीडित परिवारको माग छ ।
यता हिरासत कक्षमा असावधानी अप्नाईएको र मापदण्ड विपरितको हिरासत कक्ष रहेका कारण हिरासतमा रहेका थुनुवाहरुले ज्यान गुमाउनु परेको स्थानीय जानकारहरु बताउँछन् । उनीहरुका अनुसार गार्ड कमाण्डर देखि हिरासतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु सहित ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रमुखलाई नै कार्बाही गर्नु पर्छ ।

सम्बन्धित समाचार