जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष ०७८÷०७९ मा करिब रु ५३ करोड राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७८÷०७९ मा रु ६४ करोड करोड २४ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ५२ करोड ८२ लाख १२ हजार राजश्व संकलन गरेको जिल्ला भन्सार कार्यालय सर्लाहीका कार्यालय प्रमुख मुरारी प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यालयले आर्थिक वर्ष ०७८÷०७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो ।
कोरोना महामारी,स्थानिय निकायको निर्वाचन आदिका कारण अझैँ राजश्व संकलनमा अपेक्षा गरे अनुसारको प्रगति हांसिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताउनु भयो । उहाँले कोरोना महामारीका कारण सिमानाका बन्द हुनु,स्थानिय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको प्रान्तीय निर्वाचनको प्रभावका कारण अपेक्षा अनुसार राजश्व संकलन गर्न नपाएको बताउनु भयो ।
जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालय सहित ८ वटा भन्सार कार्यालयहरु रहेका भएपनि जिल्लाका २ वटा छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु,ती कार्यालयमा रहेका कर्माचारीहरुले तलब खाने मात्र काम गर्नु, कोरोना महामारीका कारण सिमानाका बन्द हुनु,स्थानिय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको प्रान्तीय निर्वाचनको प्रभावले अपेक्षा अनुरुप राजश्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।
जिल्लाबाट निकासी पैठारी,लिलामी र अस्थायी पैठारी लगायतका कामबाट आर्थिक वर्ष ०७८÷०७९ मा रु ५२ करोड ८२ लाख १२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले आर्थिक वर्ष ०७८÷०७९ को साउनमा रु ३९ करोड ३३ लाख ५ हजार,भदौमा रु ५४ करोड ६१ लाख ४ हजार,असोजमा रु ५१ करोड ६३ लाख १ हजार,कार्तिकमा रु ४६ करोड ८१ लाख ६ हजार,मंसिरमा रु ६३ करोड १९ लाख ९ हजार,पौषमा रु ६२ करोड ४४ लाख ६ हजार,माघमा रु ५४ करोड ५० लाख २ हजार,फागुनमा रु ३५ करोड ६४ लाख ५ हजार,चैत्रमा रु २७ करोड ९२ लाख १ हजार राजश्व संकलन गरेको छ ।
त्यसैगरी बैशाखमा रु ३५ करोड ३१ लाख ४ हजार,जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख ९ हजार गरी कुल रु ५२ करोड ८२ लाख १२ हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनु भयो ।
जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष ०७७÷०७८ मा रु ६० करोड ५९ लाख ५४ हजार र आर्थिक वर्ष ०७६÷०७७ मा रु ३३ करोड ६६ लाख १३ हजार राजश्व संकलन गरेको थियो ।सिमित कर्माचारी,डिजिटल काँटा नहुनु र खुल्ला सिमानाका कारण पनि भन्सार कार्यालय भन्दा बाहिरबाट आयात निर्यात भएकाले पनि लक्ष्य अनुसारको राजश्व संकलनमा समस्या भएको कार्यालयले जनाएको छ ।