सर्लाहीका मुस्लिम अगुवाहरुद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीको ध्यानाकर्षण

489 Shares

सर्लाहीका मुस्लिम समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीको ध्यानाकर्षण गराएका छन्।हिन्दु सम्राट सेना नेपालका उपाअध्यक्ष कृष्ण यादवले नेपाल प्राज्ञिक मन्चले आयोजना गरेको एक कार्यक्रममा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्य समिति सर्लाहीले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत नेपाल सरकारका गृह मन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन ।

08d3f08b-5ce9-4928-9a6b-77bfa1e0e666.jpeg
नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष शेष मेहबुब रेजाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही पुगेका मुस्लिम समुदायका अगुवाहरुले बुझाएका ध्यानाकर्षण पत्रमा“नेपाल र नेपालीको धार्मिक सद्भाव,सहिष्णुता एवम आस्थामा गम्भिर खलल पुर्याउदै धार्मिक द्वन्द्व,अशान्ती र साप्रदायिक विद्वेश फैलाउने अपवित्र उदेश्यले त्यस्तो धारणा राख्नु भएको स्पष्ट भएको छ।विश्वको अमुक मुलुकमा लाखौ मान्छे मारिएको भन्ने उहाँले दावी गरेको कपोलकल्पीत कुरा हो,भ्रामक,असत्य र असामाजिक धारणा हो।देशलाई नै समस्यातर्फ धकेल्ने षडयन्त्रले यस्तो झुटो प्रचार गरिएकोमा दुई मत छैन।त्यसैले त्यस्तो भ्रामक कुरा फैलाउदै हिड्ने व्यक्तीलाई कानूनी कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछौ।”भनिएको छ ।

54465db6-0d5a-43fb-84ac-b7822d55bad5.jpeg

सम्बन्धित समाचार