दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि दुई लाख १५ हजार १९ जनाले मतदान गर्ने भएका छन् ।दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नम्बर १ का ४१ वटा वडाका एक लाख १० हजार तीन सय ९१ जना मतदाताले विभिन्न पार्टी र स्वतन्त्र गरी १२ जना उम्मेदवारलाई र क्षेत्र नम्बर २ का ३८ वटा वडाका एक लाख चार हजार छ सय २८ जना मतदाताले विभिन्न पार्टी र स्वतन्त्र गरी १६ जना उम्मेदवारलाई फागुन २१ गते मतदान गर्ने भएका छन् ।
क्षेत्र नम्बर १ मा कमलामाई नगरपालिकाका तीन वटा वडा ९,१३ र १४ का आठ हजार ९९ जना,गोलन्जोर गाउँपालिकाका सबै सातै वडाका १४ हजार नौ सय ४६ जना,तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडाका २४ हजार तीन सय एक जना,फिक्कल गाउँपालिकाका सबै ६ वटै वडाका १२ हजार तीन सय ९६ जना र दुधौली नगरपालिकाका सबै १४ वटै वडाका ४७ हजार एक सय छ जना मतदाताले एक सय ३८ मतदान केन्द्र र ७७ वटा मतदानस्थलबाट १२ जना उम्मेदवारलाई मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी,क्षेत्र नम्बर २ मा कमलामाई नगरपालिकाका ११ वटा वडाका ४० हजार ४० जना,मरिण गाउँपालिकाका सबै सातै वटा वडाका १८ हजार एक सय आठ जना,हरिहरपुरगढी गाउँपालिकाका सबै आठै वडाका १७ हजार चार सय ८९ जना,घ्याङ्लेख गाउँपालिकाका सबै ५ वटै वडाका १० हजार एक सय तीन जना र सुनकोसी गाउँपालिकाका सबै ७ वटै वडाका १८ हजार आठ सय ८८ जना मतदाताले एक सय ३४ मतदान केन्द्र र ७४ वटा मतदानस्थलबाट १६ जना उम्मेदवार मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।यस अघि २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुलीको क्षेत्र नम्बर १ मा श्याम प्रसाद घिमिरे नेपाली कांग्रेस र तत्कालीन नेकपा(माओवादी केन्द्र) संयुक्तबाट ३० हजार तीन सय ९१ र नेकपा(एमाले)का प्रदिप कुमार कटुवालले २५ हजार पाँच सय ४६ ल्याएका थिए ।भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा(माओवादी केन्द्र)को संयुक्तबाट लेखनाथ दाहाल(राजन)ले २७ हजार पाँच सय १७ र नेकपा(एमाले)का मनोज जंग थापाले २१ हजार छ सय ८७ मत ल्याएका थिए ।