अन्य पार्टीका हजारौँ नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

910 Shares

सर्लाहीको रामनगर गाउँपालिका १ खैर्बा बजारमा नेपाली कांग्रेस सर्लाहीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा नेताकार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।रामनगर गाउँपालिका १ खैर्बा बजारमा नेपाली कांग्रेस सर्लाहीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस सर्लाही क्षेत्र न.४ रामनगर गाउँपालिका १ खैर्बा बजारमा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षता एवम नेपाली कांग्रेसका नेता एवम पूूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका हजारौँ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूूर्व मन्त्री एनपी साउँद र मधेस प्रदेशका उप सभापति तथा पुर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह सहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।पछिल्लो समय सर्लाहीमा नेपाली कांग्रेस प्रति अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको आकर्षण बढेको नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले बताए ।

सम्बन्धित समाचार