हरिपूर्वामा कार्यपालिका सदस्य चुनावका लागि कांग्रेस र जसपाबीच तालमेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१७ गते   १७९८ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिकामा मंगलबार कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । मतदानमार्फत ८ जना कार्यपालिका सदस्य चयन गरिएको निर्वाचन अधिकृतको कायार्यलय हरिपुर्वाले जनाएको छ । 
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) विच तालमेल गरेर कार्यपालिका सदस्यकोनिर्वाचन गरिएको निर्वाचन अधिकृत शंकरराज लुइृटेलले जानकारी दिनु भयो । उहाँका अनुसार ५ जना निर्वाचित जनप्रतिनिधिहरुबाट र ३ जना आपसी सहमतीमा निर्वाचन मार्फत चयन गरिएको हो । जसका लागि नेपाली कांग्रेसले ४ र जसपाले ४ जना सदस्य पाएका छन् ।
३ जना दलित तथा अल्पसंख्यक नगर कार्यपालिका सदस्यमा कांग्रेसबाट शम्भु साह सोनार, जसपाबाट राजिव ठाकुर र राजदेव धोवी चयन भएका हुन् । महिलाबाट नगर कार्यपालिका सदस्यमा कांग्रेसकी जैलस देवी चमार, मनतोरिया कुमारी र गीताकुमारी देवी तथा जसपाबाट देवकला माझी मुसहर र उषा कुमारी चयन भएका निर्वाचन अधिकृतको कार्यालय हरिपुर्वाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech